नेपाल–भारत सिमानाबाट चार चिनियाँ समातिए

२०८२ बैशाख २५, बिहीबार
पढ्ने समय : < 1 मिनेट

बैशाख २५
भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच चार जना चिनियाँ नागरिक पक्राउ परेका छन।् वीरगञ्ज हुँदै रक्सौल छेउ पुगेका उनीहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले नियन्त्रणमा लिएको हो। । पक्राउ पर्नेमा हुनान प्रान्तका दङ हिजुन,ल योङहाई, हुवाङ लिमिन र ह छियोङसियाङ रहेका छन् ।

उनीहरुको पासपोर्ट नम्बर क्रमशः ईपी ५५४३५३६, ईपी २५३२९५९, ईजी ७२७२४६८ र ईएल ८६२०७६८ रहेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘हामीले पनि भर्खरै जानकारी पायौं । उनीहरु कसरी त्यहाँ पुगे ? अनुसन्धान गरिरहेका छौं’,उनले भने ।
भारतीय जम्मु–कश्मिरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलापछि दुई मुलुक युद्धमा होमिएका छन् । भारतले पाकिस्तानमा पानी बन्द गरेको छ भने ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारबाही चलाएको छ । नेपालले दुई छिमेकी भारत र पाकिस्तान युद्धमा उत्रिएपछि चिन्ता व्यक्त गरिरहेको छ ।
यता, चीन भने पाकिस्तानको पक्षमा उभिएको छ । पाकिस्तानलाई समर्थन गरिरहेको अवस्थामा चिनियाँ नागरिक भारत छेउबाट नियन्त्रणमा लिइएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय