आध्यात्मिक गन्तव्य बनाउन बृहत् लुम्बिनी क्षेत्रको विकास

२०८३ आश्विन २, शुक्रबार
पढ्ने समय : 2 मिनेट

 

लुम्बिनी असोज २
बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका क्षेत्र समेटेर आध्यात्मिक गन्तव्य बनाउन बृहत्तर लुम्बिनी क्षेत्र विकास कार्यक्रम लागू गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल -गनेश) ले बताएका छन् । अहिलेसम्म लुम्बिनीबाट स्थानीयले लाभ लिन नसक्दा अपनत्व कायम हुन नसकेकाले बुद्ध जन्मस्थललाई आध्यात्मिक गन्तव्य बनाउनु पर्नेमा उनले जोड दिए ।
मन्त्री पौडेलले विश्व बैंकसित सहकार्यमा पहिलोपटक देखिने र व्यवहारिक विकासका काम गर्न लागिएको बताए । सम्पदा संरक्षण गरेर पर्यटकका लागि उपयुक्त वातावरण तयार गरिने उनको भनाई थियो । …ग्रेटर लुम्बिनी विकासको कार्यक्रमले शान्तिपूर्ण वातावरण कायम गर्नुका साथै सम्पदास्थलबीच सम्बन्ध विस्तार गर्नेछ,Ú शुक्रबार बिहान बृहत्तर लुम्बिनी क्षेत्र सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, …दिगो वातावरण संरक्षणका साथै वेलनेश पर्यटनका लागि वातावरण बनाइनेछ ।Ú
कार्यक्रम लागू भएपछि स्थानीय बासिन्दाका लागि जीविकोपार्जन र रोजागरीका अवसर सिर्जना हुने पनि उनले बताए । यसको कार्यान्वयनका क्रममा विश्व सम्पदा समिति, युनेस्को, इकोमस लगायत संस्थाको सुझाव अनुसार काम गरिने उनले बताए । …सम्पदास्थलको व्यवस्थापन, संरक्षण र सुरक्षा प्रदान गरिने छ,Ú उनले भने, …बृहत्तर लुम्बिनी क्षेत्र विकासको जग हुने छ ।Ú सम्पदा क्षेत्रमा काम गर्ने शिलशिलामा सरकार र यस क्षेत्रमा क्रियाशील संघसंस्थाले स्थानीय बासिन्दालाई हृदयमा राखेर काम गर्न पनि उनले सुझाव दिए ।
लुम्बिनी भ्रमण गर्ने गन्तव्यका रूपमा मात्र नभई बुद्ध शिक्षाको अनुभव, शान्ति र करुणाको विकाससँगै आध्यात्मिक अनुभूति गर्ने स्थलका रुपमा रहेको जनाए । मन्त्री पौडेलले लुम्बिनी कुनै देशको सीमाभन्दा माथि रहेको बताउँदै बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले लुम्बिनीको संरक्षण र विकासका लागि सबै पक्ष मिलेर अघि बढ्न सके बुद्ध शिक्षा सार्थक हुने पनि उल्लेख गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, युनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो । बृहत्तर लुम्बिनी क्षेत्रको विकास र तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न सहयोग पुग्ने उद्देश्यले सम्मेलन गरिएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राईले बताए । सम्मेलनमा भारत, श्रीलंका, इन्डोनेसिया, म्यानमार, बेलायत, जापान, अस्ट्रेलिया र थाइल्यान्डलगायत मुलुकका बौद्ध विद्वान्, अनुसन्धानकर्ता, पुरातत्वविद्, सम्पदाविद्, भिक्ष्ॉ भिक्ष्ॉणीसहित १ सय ५० जनाभन्दा बढी सहभागी छन् ।
लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयको अडिटोरियम हलमा कार्यक्रम भइरहेको छ । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत बुद्धजन्मस्थल लुम्बिनी, प्राचीन तिलौराकोट दरबार, मायादेवीको माइतीघर देवदह, बुद्धको अस्तुधातु रहेको रामग्राम तथा पण्डितपुर लगायतका महत्वपूर्ण पुरातात्विक तथा धार्मिक स्थल छन् ।

तीनदिने सम्मेलन साझा घोषणापत्र जारी गरी आइतबार सम्पन्न हुनेछ । सम्मेलनले वृहत्तर लुम्बिनी क्षेत्रको रुपान्तरणका चार विषयमा केन्द्रित भएर साझा कार्ययोजना तयार पार्नेछ । कार्यक्रमको समापनमा …साझा घोषणापत्रÚ जारी गरिने छ । सम्मेलनका निष्कर्षले नेपाल सरकारका आगामी कार्यक्रम तथा विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालित …वृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाÚलाई प्रत्यक्ष मार्गदर्शन गर्ने आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय