ठगी तथा संगठित अपराधको कसुरमा फरार बरई पक्राउ

२०८३ आश्विन २, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा असोज २
रुपन्देही प्रहरीले एकजना ठगी तथा संगठित अपराधको कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रुपन्देही मर्चवारीमाई गाँउपालिका वडा नं. ३, रायपुर बस्ने बिनेचल बरई र मिरा बरईको छोरी २४ वर्षीया उर्मिला बरईलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि रुपन्देही जिल्ला अदालतमा पेश गरेको छ । सम्मरीमाई गाँउपालिका वडा नं. २ बस्ने सुभावती बरई समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रमेश चौहान समेत भएको ठगी तथा संगठित अपराध कसुरमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार यो समूहले सर्बसाधारणलाई एक करोड पचास लाख बाइस हजार पाँच सय बिस रुपैयाँ संगठित रुपमा ठगी गरी फरार रहेका छन् । तिनै मध्येबाट बरई पक्राउ परेकी हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय