जेठ १६
प्रहरीले दुई जना चिनियाँ नागरिकलाई नवलपुरबाट समातेर काठमाडौं ल्याएको छ ।
पर्यटन भिसामा आएका ती चिनियाँलाई बिल बिजक नभएका छालाको जस्तो देखिने ४३ थान ज्याकेट बेच्दै हिँडेको अवस्थामा नवलपुरको देवचुली नगरपालिका १३, दलदले चोक बाट नियन्त्रणमा लिइएको थियो ।
जिल्ला प्रहरी कार्यालय,नवलपुरले थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरुलाई अध्यागमन विभाग, काठमाडौं पठाएको जनाएको छ । पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर इएन७४७०६८९ वाहक ५६ वर्षीय चेन जिनछियान र इएफ ७७४७०७ नम्बरको राहदानी बोकेका ६१ वर्षे यी लि हुआ छन् ।






