भैरहवा असोज ६
नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत बुधबार -भोली) हुने सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको अधिवेशनमा नगर सभापति पदमा उम्मेदवारी दिने युवा नेता संजीव शर्मा रेग्मीले घोषणा गरेका छन ।
मंगलबार भैरहवामा संजीव शर्मा रेग्मी जिताउ अभियानले आयोजना गरेको सिद्धार्थनगरमा नवनिर्वाचित वडा सभापति एवं क्षेत्रीय प्रतिनिधिहरुको सम्मान कार्यक्रममा रेग्मीले यस्तो घोषणा गरेका हुन। अघिल्लो नगर अधिवेशनमा पनि रेग्मीले सभापति पदमै उम्मेदवारी दिएका थिए । तर, त्यतिबेला रेग्मी पराजित हुन । रेग्मीले विद्यार्थी राजनीतिदेखि निरन्तर पार्टीको वडा सदस्य, सचिव, नगर कोषाध्यक्ष र सचिवको जिम्मेवारी सम्हालिसकेका छन ।
काँग्रेसलाई अझ बलियो बनाउन आफूले उम्मेदवारी दिन लागेको उनले बताएका छन। उनले आफू गुटको राजनीति नभइ संगठनको राजनीति गर्न आएको बताएका छन। नेता रेग्मीले आफू र आफ्नो प्यानललाई जिताउन आग्रह गरेका छन । आगामी निर्वाचनमा काँग्रेसलाई सशक्त र विजयी बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।

रेग्मी समूह -प्यानल) बाट उपसभापति पदमा अनिल कुमार के.सी., लक्ष्मी अर्याल, सचिवमा पंकज उदास र सह–सचिवमा राम मिलन यादवले उम्मेदवारी दिने घोषणा गरेका छन।
कार्यक्रममा सहभागी नेताहरुले संजीव शर्मा रेग्मी र उनको प्यानललाई जिताउन आग्रह गरेका छन ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थ राज्यमन्त्री भरत कुमार शाहले पार्टीले दिएको जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन । उनले संजीव शर्मा रेग्मीलाई सफलताको शुभकामना दिदै शाहले काँग्रेस चार पुस्ताको पार्टी भएको बताएका छन ।
पार्टीका नेता तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले काँग्रेस समुन्द्र जस्तै ठूलो पार्टी भएको बताएका छन । उनले पार्टीलाई अगाडि बढाउन सहमतिको प्रयास गर्न नेताहरुलाई आग्रह गरेका छन ।
काँग्रेस रुपन्देही–३ का क्षेत्रीय सभापति सुशील गुरुङले लोकतन्त्रमा प्रतिष्पर्धा भए पनि स्वस्थ प्रतिष्पर्धाको रुपमा लिनुपर्ने बताएका छन ।
कार्यक्रममा काँग्रेस जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, नेताहरु दीपक क्षेत्री न्यौपाने, लेखनाथ भट्टराई, लगायतले आ आफनो भनाइ राखेका थिए। नगर सचिव अनिल कुमार के.सी.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय प्रतिनिधि श्यामशंकर पाण्डेले गरेका थिए। भने क्षेत्रिय प्रतिनिधी राज कुमार गुप्ताले स्वागत गरेका थिए।






