पञ्चकन्या समूहद्वारा आयोजित रक्तदानमा ४२२ यूनिट रगत संकलन

२०८३ भाद्र १७, बुधबार
पढ्ने समय : < 1 मिनेट

 

भैरहवा भदौ १७
पञ्चकन्या समूह ले बुधबार रक्तदान कार्यक्रम गरेको छ । ५४ औं वर्ष पूरा गरी ५५ औं वर्ष प्रवेशको अवसरमा समूहले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित उद्योग परिसरमा कार्यक्रम गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४२२ यूनिट रगत संकलन भएको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले बताउनु भयो । हरेक वर्ष वार्षिकोत्सवको अवसरमा यो कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो । पञ्चकन्या समूहले उद्योग सञ्चालनसँगै समाजप्रतिको दायित्व पूरा गर्दै आएको उहाँको भनाइ छ । उहाँले आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।


समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठले रक्तदान …जीवनदान भएको र यसले मानिसको ज्यान समेत जोगाउने बताउनुभयो। उहाँले रक्तदान गर्नु स्वास्थ्यको लागि पनि राम्रो भएकाले रक्तदान गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । गत भदौ १० गते रसुवालगायतका जिल्लामा बाढीबाट घाइते भए उपचार गराइरहेको अवस्थामा रगतको अभाव हुन सक्ने भएकाले केही भए पनि बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले पनि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले देशमा समस्या तथा आपत परेको बेला सानो सहयोगले ठूलो काम गर्ने बताउनुभयो । उहाँले रक्तदान गर्नु पुण्यको काम भएको बताउनुभयो । उहाँले पञ्चकन्या समूहले प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्नु सराहनीय रहेको बताउनुभयो । कार्यक्रममा सहभागी हुने सबैप्रति उपप्रमुख अधिकारीले आभार समेत व्यक्त गर्नुभयो ।
रक्तदान कार्यक्रममा उद्योगमा कार्यरत कर्मचारी, मजदूर, स्थानीय संघ–संस्था, स्थानीयबासी तथा छिमेकी पालिकाहरुबाट आएका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय