असार २०
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीनबिचको सम्बन्धलाई थप सुदृढ बनाउन चार बुँदे प्रस्ताव अघि सारेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी -सीपीसी) को १०५औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित एक विशेष विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव राखेका हुन्।
राजदूत माओमिङले नेपाल–चीन सम्बन्धको भविष्यका सन्दर्भमा बोल्दै दुई देशका राजनीतिक दलहरूबिच गरिबी निवारण, आर्थिक विकास र पार्टी निर्माणका असल अभ्यास साटासाट गर्नुपर्ने पहिलो प्रस्ताव राखे। त्यसैगरी, नेपालको विकास रणनीतिसँग बीआरआईलाई जोड्दै …ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कÚ को निर्माणलाई तीव्रता दिने उनको दोस्रो प्रस्ताव छ।
उनले संयुक्त राष्ट्रसंघ र साङ्घाई सहयोग संगठनजस्ता मञ्चहरूमा समन्वय गर्दै राष्ट्रपति सी चिनफिङद्वारा प्रस्तावित ग्लोबल डेभलपमेन्ट, ग्लोबल सेक्युरिटी, ग्लोबल सिभिलाइजेसन र ग्लोबल गभर्नेन्स इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाए। युवा पुस्ताबिच भ्रमण र सांस्कृतिक कार्यक्रम सञ्चालन गरी नेपाल–चीन मैत्री सम्बन्धलाई पुस्तान्तरण गर्नुपर्ने उनको चौथो प्रस्ताव छ।
पार्टीको सफलता र विशेषताबारे चर्चा गर्दै राजदूत माओमिङले सीपीसी विश्वकै ठुलो सत्तारूढ दल भएको बताए। उनका अनुसार यस पार्टीमा १० करोड १२ लाखभन्दा बढी सदस्य र ५४ लाखभन्दा बढी पार्टी संगठन रहेका छन्। सीपीसीका ६ वटा विशिष्ट गुण रहेको उल्लेख गर्दै उनले सत्यको खोजी, जनतासँगको गहिरो सम्बन्ध, ऐतिहासिक जिम्मेवारी बोध, विकासको प्रवृत्ति पछ्याउने क्षमता, सङ्घर्ष गर्ने साहस र आत्म–सुदृढीकरणको प्रतिबद्धता नै पार्टी सफलताको मुख्य आधार भएको प्रस्ट पारे।
पार्टी निर्माण र सुशासनका सम्बन्धमा …नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादसम्बन्धी सी चिनफिङ विचारधाराÚ को व्याख्या गर्दै राजदूतले १४ वटा मुख्य सिद्धान्तमध्ये पाँचवटामा विशेष जोड दिए। जसमा पार्टीको केन्द्रीकृत नेतृत्व, जनमुखी अवधारणा, सैद्धान्तिक नवीनता, संगठनात्मक सुदृढीकरण र आत्म–सुधार -भ्रष्टाचार नियन्त्रण) रहेका छन्। भ्रष्टाचार नियन्त्रणमा चीनको निर्मम नीति रहेको बताउँदै उनले सन् २०२२ मा मात्रै भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत १० लाखभन्दा बढी मुद्दा दर्ता गरी करिब ९ लाख ८३ हजार व्यक्तिलाई अनुशासनको कारबाही गरिएको जानकारी दिए।
विश्वमा देखा परेका विभिन्न सुरक्षा चुनौतीबिच चीनले नेपालका सबै राजनीतिक दलसँग मिलेर साझा भविष्य निर्माण गर्न चाहेको राजदूत माओमिङले बताए। उनले विश्व शान्ति प्रवद्र्धन गर्न र मानव प्रगतिको यात्रामा योगदान पु¥याउन चीन सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे।






