असार २५
सशस्त्र प्रहरी बल नेपाल,नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त टोलीले हुम्लासँग जोडिएको सीमा क्षेत्रमा गस्ती गरेका छन् ।
सशस्त्रको बिओपी हिल्साबाट खटिएको टोलीको पहलमा नाम्खा गाउँपालिका ५, हिल्सास्थित सीमा स्तम्भ नम्बर ९ देखि ८ नम्बरसम्म संयुक्त पैदल गस्ती गरिएको हो । नेपाल–चीन सीमा क्षेत्रमा सुरक्षा समन्वय,आपसी सहकार्य तथा सीमाको प्रभावकारी निगरानीलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त गस्ती सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।






