चितवनको धान खेतमा चिनियाँ युवा र कूटनीतिज्ञ

२०८३ श्रावण ५, मंगलवार
पढ्ने समय : < 1 मिनेट

साउन ५
काठमाडौं स्थित चिनियाँ दूतावासका युवा कूटनीतिज्ञहरू चितवनमा आयोजित चिनियाँ हाइब्रिड धान रोपाइँमा सहभागी भएका छन् । उनीहरूले चीनको चोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसका विज्ञ तथा नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राविधिकसँग मिलेर हाइब्रिड धानको बीउ रोपेका हुन्।
चीनको सहयोगमा चितवनमा सञ्चालित कृषि परियोजना अन्तर्गत यस पटक दोस्रो चरणको रोपाइँ गरिएको हो । परियोजनाको उद्देश्य नेपालको स्थानीय हावापानीमा राम्रोसँग उत्पादन दिने र नेपाली उपभोक्ताको स्वाद अनुकूल हुने उच्च उत्पादनशील धानका जातको परीक्षण तथा विकास गर्नु रहेको बताइएको छ।चिनियाँ पक्षले सफल परीक्षणपछि उत्पादन हुने धानका उपयुक्त जात विकास गरेर नेपालको कृषि क्षेत्रको दिगो विकासमा सहयोग पुर्याउने लक्ष्य राखिएको जनाएको छ। कृषि प्रविधि आदानप्रदान र दुई देशबीच कृषि सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा चिनियाँ अधिकारीहरुले राखेका छन् ।गतवर्ष नेपालका लागि चीनका पूर्वराजदूत छन् सोङलगायतको टोलीले धान रोपाइँ गरेर उक्त परियोजना शुभारम्भ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय