चिनियाँ रेडक्रसको एक लाख डलर हस्तान्तरण

२०८२ श्रावण १, बुधबार
पढ्ने समय : < 1 मिनेट

असार ३२
चीनको रेडक्रस समाजले नेपाल रेडक्रसलाई एक लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ । गतसाता भोटेकोशीमा आएको बाढीका कारण रसुवामा भएको जनधनको क्षतिमा मानवीय सहायतास्वरुप चीनले उक्त रकम उपलब्ध गराएको हो ।नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चिनियाँ रेडक्रस समाजले उपलब्ध गराएको उक्त रकम आज नेपाल रेडक्रसलाई हस्तान्तरण गरेका छन। समाजले रसुवामा बाढीबाट पीडितलाई मानवीय सहयोग उपलब्ध गराउँदै नेपाली जनताको सुख दुःखमा सँधै साथ रहने जनाएको छ ।बाढीमा १२ जनाको ज्यान गएको छ भने डेढ दर्जनबढी हराएका छन् । दर्जनौं मालबाहक कन्टेनर, विद्युतीय गाडी बगेको छ । सडक, पुल बगाएको छ भने भन्सार, सुख्खा बन्दरगाह र जलविद्युत परियोजनामा ठूलो क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय