भारतले यस वर्ष पनि नेपाललाई छुट्यायो ७ अर्ब भारतीय रुपैया

२०८१ माघ १९, शनिबार
पढ्ने समय : < 1 मिनेट

माघ १९

छिमेकी देश भारतले नेपाललाई यस वर्ष पनि ७ अर्ब अनुदान दिने भएको छ। वित्तमन्त्री निर्मला सीतारमणले छिमेकी देशहरुलाई दिने आर्थिक सहयोगलाई युनियन बजेटमा निरन्तरता दिएकी हुन्।
यस बजेटमा विदेशी सहायतास्वरुप ५४ अर्ब ८३ करोड छुट्याइएको छ। जुन अघिल्लो वर्षको ४८ अर्ब ८३ करोडको तुलनामा केही बढी हो।
यसअनुसार यो वर्ष पनि नेपालले गत वर्षकै जति सहयोग पाउने भएको हो। नेपालले ७ अर्ब पाउँदा भुटानले सबैभन्दा बढी २१ अर्ब ५० करोड पाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय