दोस्रो नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट महोत्सव हुँदै

२०८१ पुष ९, मंगलवार
पढ्ने समय : < 1 मिनेट

पुस ९
पर्यटकीय नगरी पोखरामा दोस्रो नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव पुस १४ र १५ गते आयोजना हुने भएको छ।
नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा दोश्रो नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव आयोजना गर्न लागिएको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। ड्रागन बोट महोत्सवमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरि २० वटा समूहको सहभागिता रहने आयोजकले जनाएको छ।

२ सय मिटर र ५ सय मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुई दूरीका प्रथम हुने विजेता समूहले ५ हजार डलर, उपविजेताले २ हजार डलर र तृतीयले १ हजार २ सय डलर पुरस्कार प्रदान गर्ने बताइएको छ।
सहभागी १७ वटा समूहलाई प्रतिसमूह पाँच सय डलर प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले बताए।

सन् २०१९ मा चीनबाट एक लाख ६९ हजार ५३४ र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ। २०२४ को जनवरीदेखि नोभेम्बरसम्म ९२ हजार ८४८ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय