रूपन्देहीको रोहिणीमा कुस्ती प्रतियोगिता सुरु

२०७९ कार्तिक १५, मंगलवार
पढ्ने समय : < 1 मिनेट

कार्तिक १५
रुपन्देहीको रोहिणीमा खुल्ला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको मैदानमा गंगलबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा नेपाल र भारतका पहलवानहरुको सहभागिता छ ।
प्रतियोगिता को उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुद क्षेत्रको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीरबहादुर क्षेत्रीले युवाहरुलाई प्रोत्साहन गर्न र तराई–मधेशमा लोकप्रिय कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।

लोप हुन लागेको कुस्तीको संरक्षणको लागि पाँच लाख बजेट बिनियोजन गरी गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो । आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगितालाई निरन्तरता दिइने पालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १ सय ११, द्वितीयलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्तत्वनालाई १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिने आयेजाले जनाएका छन् ।
निर्णायकको निर्णयअनुसार पहलवानहरुलाई प्रोत्साहनवापत साइकल र टेलिभिजनको व्यवस्था पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय