प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः बाँके ६९ रनले विजयी

२०८१ फाल्गुन ९, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा, फागुन ९
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा बाँकेले जित हात पारेको छ । छनोट खेल अन्तर्गत शुक्रबार भएको खेलमा कपिलवस्तुलाई ६९ रनले पराजित गर्दै बाँकेले जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले निर्धारित ५० ओभरमा ३६ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि रोशन केसीले अविजित ४५ रन जोडे । यस्तै, सुनिल भण्डारीले ४५, सादब अन्सारीले १५ र समसुद्दिन अन्सारीले ११ रन बनाए । बलिङमा कपिलवस्तुका राज अग्रहरीले ६ तथा महेश भर र प्रयासदेव गैरेले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको कपिलवस्तु २४ ओभर १ बलमा अलआउट हुँदै जम्मा ८७ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा बाँकेका विजय चौधरीले ५ तथा सिद्धान्तराज शाहीले ३ विकेट लिन सफल भए । कपिलवस्तुका शिवकुमार मौर्यले २०, शिव कुँवरले १७ र प्रतीक भट्टराईले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम पराजित थयो । खेलमा बाँकेका विजय चौधरी प्लेयर अफ द म्याच भए ।
यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सुरु भएको हो । रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, दाङ, बाँके र बर्दिया गरी ७ जिल्लाका टिम सहभागी छनोट खेलबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टिम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय