विज्ञान प्रदर्शनीमा नेपाल र भारतका उत्कृष्ट ११ विद्यालयको सहभागिता

२०७९ कार्तिक २७, आईतवार
पढ्ने समय : 2 मिनेट

कात्र्तिक २७

नेशनल साइन्स फाउन्डेसन, भारत र डी.ए.भी सुशील केडिया विश्व भारती विद्यालय ललितपुरको संयुक्त आयोजनामा विद्यालयस्तरीय प्रथम अन्र्तराष्ट्रिय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । डी.ए.भी. विद्यालय परिसरमा सो प्रदर्शनी सम्पन्न गरिएको हो ।

प्रदर्शनीमा नेपाल र भारतका उत्कृष्ट ११ विद्यालयको सहभागिता रहेको थियो । प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय कन्भेनर तथा डी.ए.भी. विद्यालयका अध्यक्ष अनिल केडियाले भौतिक विज्ञानको विकासको लागि आध्यात्मिक विज्ञानको महत्वपूर्ण भुमिका रहेको बताएका छन । उनले उक्त प्रर्दशनीमा सहभागी सम्पूर्णलाई सफलताको शुभकामना दिँदै विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरेर थप प्रर्दशनीहरु समेत आयोजना गरिँदै लगिने बताए ।

कार्यक्रममा राष्ट्रिय कन्भेनर सुनील कुमारले प्रथम विद्यालयस्तरीय अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी विश्व विज्ञान सम्मेलनको एक अंश रहेको बताए । प्रदर्शनी कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. महेन्द्र मर्हजन (त्रिभुवन विश्वविद्यालय) ले डी.ए.भी विद्यालयलाई एक स्रोत संस्थाको रुपमा व्याख्या गर्दै उक्त संस्था लगायत सम्पूर्ण सहभागी विद्यालयहरूलाई उच्च सफलताको शुभकामना सन्देश व्यक्त गरे ।

डी.ए.भी विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले विज्ञान र प्रविधिको क्षेत्रमा संयुक्त राष्ट्र संघको सन्देश र भूमिकामाथि चर्चा गर्दै सहभागी विद्यार्थीहरुद्वारा निर्मित नविनतम मोडलहरुको प्रशंसा गरिन् । सन् २०२२ नोभेम्बर १० संसारभर विभिन्न कार्यक्रम आयोजना गरि विश्व विज्ञान सम्मेलन भव्य रुपमा मनाइएको छ । यस वर्ष विश्व विज्ञान सम्मेलनको नारा विश्व दिगो विकास लागि नविनतम उद्योग र पूर्वाधार रहेको छ ।
प्रदर्शनीमा सहभागीहरुले फलाम र स्टील उद्योगको लागि आवश्यक पर्ने पानी भण्डारणको मोडेल, वर्षा, बाढी र हावाहूरीको पूर्व संकेत दिने विभिन्न मोडेल लगायत, स्मार्ट सीटी, सामुन्द्रिक फोहोर व्यवस्थापन, वहुउद्देश्य ल्याण्ड रोभर र सोलारबाट संचालनमा ल्याउन सकिने विभिन्न ल्याम्पहरुका मोडेलहरु प्रर्दशन गरेका थिए । यी सम्पूर्ण मोडेलहरु विद्यार्थीहरुले दुई घण्टाको अबधिभित्र सिर्जना गरेका हुन् ।

प्रदर्शनीमा सेन्ट मेरिज स्कुल जावलाखेलले प्रथम हासिल ग¥यो भने केन्द्रीय विद्यालय काठमाडौँ र द्यान गंगा विद्यालय, पुने भारत क्रमशः दोस्रो र तेस्रो भए । सोही प्रदर्शनीको अर्को विधामा द्यान गंगा विद्यालय, पुने, भारत र डी.ए.भी सुशील केडिया विश्व भारती विद्यालय बिजेता बने । सोही अवसरमा डी.ए.भी विद्यालय नेपालकी प्राचार्य डा. भुवनेश्वरी राव र द्यान गंगा विद्यालय पुने भारतकी प्राचार्य रेनुका दत्तलाई संयुक्त राष्ट्रसंघिय दीगो विकास अवार्ड २०२२ बाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय