असोज २५
भैरहवा मा रहेका दुुई वटा रोटरी क्लब ले यही शनिबार बृहद निशुुल्क स्वास्थ्य शिविर सचालन गर्ने भएका छन ।
भैरहवा मा रहेका रोटरी क्लब अफ भैरहवा र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी को सयुुक्त आयोजना मा उक्त शिविर सचालन हुन लागेको रोटरी क्लब अफ भैरहवा का अध्यक्ष पवन पौडेल ले जानकारी गराउनुु भएको छ।सिद्धार्थनगर नगर पालिका ३ काटागाउ मा रहेको संस्कृत विधाश्रम मा उक्त शिविर सचालन हुने अध्यक्ष पौडेल ले जानकारी दिनु भयो । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ को सहकार्य तथा गौतमबुद्ध सामुदायिक मुटुअस्पताल बुटवल को प्राविधिक सहयोग मा हुने उक्त शिविर मा मुटुुरोग विशेषज्ञ,मृगौला रोग विशेषज्ञ, जनरल फिजिसियन,निशुल्क ई.सि.जि.तथा ईको,रक्त परिक्षण,लगायत आवश्यक औषधीहरु निशुल्क वितरण गरिने अध्यक्ष पौडेल ले जानकारी दिनु भयो ।शिविर शनिबार बिहान ८ बजे देखी दिउसो ३ बजे सम्म सचालन हुने जनाईएको छ । शिविरमा रोट्रक्ट क्लब अफ भैरहवा को समेत सहभागिता रहने छ ।
रोटरी क्लब अफ भैरहवा द्धारा शनिबार बृहद निशुल्क स्वास्थ्य शिविर गर्ने
२०७९ आश्विन २५, मंगलवार
पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: Siddharth Online सर्वाधिकार सुरक्षित| बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal Pvt.Ltd