जेठ २४
सङ्घीय सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुको शिवराज नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । कपिलवस्तु क्षेत्र न ३ का सांसद शाहले नागरिकहरूको सहजताको लागि नगरप्रमुख अजय थापा लाई एम्बुलेन्स प्रदान गर्नुभएको हो ।
उक्त एम्बुलेन्स भारतीय राजदूतावास ले शाहका बुबा अजय प्रताप शाह र आमा सरोजनी शाह मेमोरियल ट्रस्टको लागि दिएको थियो । शाहले मङ्गलवार शिवराज नगरपालिकाको कार्यालयमा पुगी नगरवासीहरूलाई उपचारको लागि सहजता ल्याउन एम्बुलेन्स प्रदान गरेको बताउनुभयो । शिवराज क्षेत्रमा एम्बुलेन्सको खाँचो देखिएकोले नगरप्रमुखको आग्रहमा सहयोग गरेको शाहले बताउनुभयो ।
कतिपय ठाउँमा अझै पनि समयमा उपचार नपाएर मृत्यु भएको सूचनाहरू आइरहने भएकोले एम्बुलेन्सले छिटोछरितो उपचारमा सहयोग गर्ने बताउनुभयो । ‘अन्य ठाउँको तुलनामा शिवराजमा आवश्यकता थियो ’ कहीँ हद सम्म भएपनि आवश्यकता पुरा भएको छ’ शाहले भन्नुभयो ‘सुविधा सम्पन्न छ यसलाई सही तवर वाट नगरपालिकाले सञ्चालन गर्ने छ, ।’
आफ्नो बुवाआमाको नामको एम्बुलेन्स नगरलाई सहयोग गरेको मा मेयर अजय थापाले धन्यवाद दिनुभएको छ । नगर बासीहरूको आवश्यकता मध्यनजर गरी सांसद शाह सँग आफूले एम्बुलेन्स सहयोगको लागि आग्रह गरेअनुसार सहयोग पाएको बताउनुभयो । नगर बासीहरूको लागि एम्बुलेन्स सञ्चालन गर्ने भएकोले आवश्यक परेको खण्डमा सम्पर्क गर्न आग्रह गर्नुभयो । जनताको जीवन रक्षामा नगरपालिका गम्भीर रहेको बताउँदै विभिन्न समयमा आउने महामारीको पूर्व तयारी गर्न आवश्यक रहेको जिकिर गर्नुभयो ।
भारतीय दूतावास बाट प्राप्त एम्बुलेन्स सांसद शाह द्धारा नगरपालिका लाई हस्तान्तरण
२०७९ जेष्ठ २४, मंगलवार
पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: Siddharth Online सर्वाधिकार सुरक्षित| बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal Pvt.Ltd