प्रत्येक महिना ६ हजार चिनियाँ पर्यटक नेपाल भित्र्याइँदै

२०८३ असार १४, आईतवार
पढ्ने समय : < 1 मिनेट

असार १४

…नेपाल–चाइना एक्सप्लोरेशन टुरÚ परियोजना शुरु भएको छ । दुई देशको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्य राखिएको उक्त परियोजनाबारे आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी गराइयो । सिजाङ पर्यटन संस्कृति उद्योग समूह, आइरिस पर्यटन संस्कृति उद्योग समूह र नेपाल पाण्डा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीले संयुक्त रुपमा शुरु गरेको अभियानमा काठमाडौँस्थित चाइना नेशनल टुरिस्ट अफिसले निर्देशकीय भूमिका खेल्ने बताइएको छ । यस अभियानले नेपालमा चिनियाँ पर्यटक र चीनमा नेपाली पर्यटकको संख्या बढाउने लक्ष्य राखेको छ ।
प्रत्येक महिना ६ हजार चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको अभियानमा हिमालयन एयरलाइन्सले समेत सहकार्य गरेको छ ।
उक्त अभियान शुरु भएसँगै पछिल्लो एक हप्तामा ६०० भन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएको जानकारी गराइयो । अभियानमा आवद्ध एजेन्सीहरुले दुवै देशमा पर्यटकहरुको बसाइ व्यवस्थापन,भ्रमण र मौलिक संस्कृतिको अवलोकन गराउनेछन् । प्रत्येक महिना ६ हजार चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको अभियानमा हिमालयन एयरलाइन्सले समेत सहकार्य गरेको छ । दुई देशको संस्कृतिलाई विश्वव्यापी बनाउन र पर्यटकको यात्रालाई सहज बनाउन हिमालय एअरलाइन्सको उडानले टेवा पुर्याउने अध्यक्ष चौ एनयोङको विश्वास छ । हप्तामा नियमित दुई उडान गर्ने जानकारी गराउँदै उनले भने, …हाम्रो उडानले पर्यटकको यात्रालाई मात्र केन्द्रमा राख्दैन,यसले दुई देशको पर्यटकीय र सांस्कृतिक सम्बन्धलाई पनि मजबुत बनाउन सहयोग गर्नेछ ।Úबागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न पर्यटन उद्योग,ट्राभल एजेन्सी र पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय