मधेस ट्राभल मार्ट नेपाल–भारत सीमापार पर्यटन विस्तार र गन्तव्य प्रवद्र्धनमा जोड

२०८३ असार १, सोमबार
पढ्ने समय : 2 मिनेट

 

असार १
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले मधेस प्रदेशका आठ वटै जिल्लामा रहेका पर्यटकीय उपज भारतीय पर्यटन बजारसम्म पु¥याउने उद्देश्यसाथ मधेस ट्राभल मार्ट गरिएको बताएका छन् ।
उनले नेपाल–भारत खुला सीमा, साझा धार्मिक–सांस्कृतिक सम्पदा र जनस्तरको घनिष्ठ सम्बन्धलाई पर्यटन विकासको महत्त्वपूर्ण आधारका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले भारतीय पर्यटक आगमन बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
भारतको क्षेत्रीय बजार लक्षित गर्दै पूर्वदेखि पश्चिमसम्म हामीले विभिन्न ट्राभल मार्ट सञ्चालन गरिरहेका छौं,वीरगञ्जमा आयोजित …मधेस ट्राभल मार्ट २०२६उद्घाटनमा ऐरले भने, …तराई र मध्यपहाडी क्षेत्रमा निजी क्षेत्रले गरेको ठूलो पर्यटन लगानीको संरक्षण र प्रवद्र्धनका लागि पनि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास लिएका छौं ।
मधेस प्रदेशमा यो तेस्रो पटकको कार्यक्रम हो । यसअघि मधेस कन्क्लेभ र मधेस ट्राभल मिट आयोजना गरिएको थियो । …अहिलेको मधेस ट्राभल मार्टले मधेसका आठ वटै जिल्लाका पर्यटन उपज भारतीय व्यवसायी समक्ष प्रस्तुत गर्दै भारतीय पर्यटक आगमनमा टेवा पु¥याउने अपेक्षा गरेका छौं, उनले थपे ।
मधेस प्रदेशको पर्यटन प्रवद्र्धन, नेपाल–भारत सीमापार पर्यटन विस्तार तथा दुई देशबीच पर्यटन व्यावसायिक सहकार्य सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको मधेस ट्राभल मार्ट २०२६ वीरगञ्ज, जीतपुरसिमरा र जनकपुरधाम लगायत विभिन्न स्थानमा कार्यक्रम गरी सम्पन्न भएको नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले जानकारी दिए ।
पर्यटन बोर्डको मुख्य आयोजना तथा जीतपुरसिमरा उपमहानगरपालिकाको सह–आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स -नाट्टा) मधेस प्रदेशले सहजीकरण गरेको थियो।
बोर्डका वरिष्ठ प्रबन्धक भट्टराईका अनुसार उक्त कार्यक्रमले मधेस प्रदेशलाई नेपालको महत्त्वपूर्ण पर्यटकीय प्रवेशद्वार तथा धार्मिक, सांस्कृतिक र सीमापार पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने छ ।जुन १२ देखि १४ सम्म सञ्चालन भएको मार्टमा नेपाली तथा भारतीय पर्यटन व्यवसायीबीच व्यवसाय–व्यवसाय -बीटुबी) अन्तक्र्रिया, पर्यटनका समसामयिक विषयमा प्यानल छलफल, नेटवर्किङ कार्यक्रम तथा मधेस प्रदेशका प्रमुख धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय गन्तव्यको परिचयात्मक भ्रमण गरिएको थियो ।
यस्ता गतिविधिले नेपाल र भारतका पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्नुका साथै नयाँ पर्यटन प्याकेज तथा लगानीका अवसर पहिचान गर्न सहयोग पुगेको विश्वास गरिएको छ ।
कार्यक्रममा भारतबाट करिब ५५ पर्यटन व्यवसायी तथा सञ्चारकर्मी सहभागी थिए भने मधेस प्रदेश सहित नेपालका विभिन्न प्रदेशका २५ पर्यटन व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि तथा पर्यटन क्षेत्रका सरोकारवालाको उल्लेखनीय उपस्थिति थियो ।
सिमरामा आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले मधेस प्रदेशको पर्यटन प्रवद्र्धनका लागि यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, भारतीय महावाणिज्य दूतावासका प्रमुख देवीसहाय मीणा, मधेस ट्राभल मार्ट २०२६ का संयोजक तथा नाट्टा मधेस प्रदेश अध्यक्ष मोहन शर्मा, नाट्टा कोशी प्रदेश अध्यक्ष पुण्यप्रसाद भट्टराई, होटल एसोसिएसन नेपाल -हान) चितवन अध्यक्ष ओम पाण्डे लगायत पर्यटन क्षेत्रका व्यक्तिहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय