शनिबारदेखि भैरहवामा ‘एसियन बुद्ध टी–१० क्रिकेट’ प्रतियोगिता

२०८२ असार ६, शुक्रबार
पढ्ने समय : 2 मिनेट

भैरहवा असार ६
रुपन्देहीको भैरहवामा शनिबार (भोली) देखि ‘एसियन बुद्ध टी–१० क्रिकेट’ प्रतियोगिता हुने भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लबको आयोजना तथा एसियन बुद्ध होटल, भैरहवाको मुख्य प्रायोजनमा प्रतियोगिता हुने भएको हो ।
आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएका छन् । क्लबका अध्यक्ष हरि बहादुर थापाले सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरु गरी १४ वटा टीम सहभागी हुने जानकारी दिएका थिए । ‘प्रत्येक खेल १० ओभरको हुनेछ, एक दिनमा १३ वटा खेल हुनेछन् । ३ दिनमा खेल सकिने थापाले बताए।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ८० हजार र उपविजेतालाई रु. ४० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने रुपन्देही क्रिकेट संघका अध्यक्ष समेत रहेका थापाले जानकारी दिएका छन । त्यस्तै सेमीफाइनल खेल खेल्ने दुईवटा टीमलाई नगद रु. १०÷१० प्रदान गरिने छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु. १ हजार २ सय र प्रमाणपत्र तथा म्यान अफ द सिरिजलाई रु. १२ हजार, बेस्ट ब्याटरर र बेष्ट बलरलाई रु.८÷८ हजार, उत्कृष्ट क्याच समात्ने र धेरै छक्का हान्ने खेलाडीलाई रु. २ हजार ५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । त्यस्तै दर्शकले छक्का क्याच समातेमा रु. ५ सय पुरस्कार प्रदान गरिनेछ ।
‘क्रिकेटको विकासका लागि प्रोफेसनल मास्टर्स–११ ले काम गर्दै आएको छ । खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं, यो प्रतियोगितालाई होटल एसियन बुद्धले मुख्य प्रायोजन गर्नु सराहनीय छ, ’अध्यक्ष थापाले भने । प्रतियोगिता आईसीसीको टी–१० फम्र्याटमा सञ्चालन गरिने थापाले जानकारी दिएका छन ।
आयोजकका अनुसार प्रतियोगितामा एउटा टीमले कम्तीमा रुपन्देही जिल्लाबाहिरका तीनजना खेलाडीलाई समावेश गर्न पाउनेछन।् बाहिरी खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुनसुकै क्षेत्रका भए पनि मान्यता दिइने खेल संयोजक तथा प्रोफेसनल मास्टर्स–११ का कप्तान विष्णु कटारियाले जानकारी दिएका छन ।
एसियन बुद्ध होटलका जनरल म्यानेजर ओम प्रकाश पाण्डेले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा होटलले काठमाडौंमा नयाँ कर्पोरेट कार्यालय खोलेको जानकारी दिदै होटलले सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको बताएका छन।

प्रतियोगिताको शनिबार बिहान सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा एसियन बुद्ध होटलका अपरेशन म्यानेजर जे.पी. सुवेदी, रेष्टुरेण्ट म्यानेजर विमल शर्मा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय