जेठ १९
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारत–नेपाल दुई देशको सीमा समस्यामा ९८ प्रतिशत समाधान भइसकेको बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले अस्ति आइतबार नेपालको संसदमा बोल्दै नेपालले पनि भारतीय भूमि मिचेको धारणा राखेको सम्बन्धमा भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया जनाएको छ ।
नियमित पत्रकार सम्मेलन क्रममा उनले भने, …दुई मुलकको सीमाबारे नेपालका प्रधानमन्त्रीको भनाइ र परराष्ट्र मन्त्रालयको विज्ञप्तिलाई नजिकबाट हेरेका छौं । जबकी भारत–नेपाल सीमाको ९८ प्रतिशत हिस्सा निर्धारण भइसकेको छ । गण्डक नदी -नारायणी) को बहाव परिवर्तन हुँदा स्थानीय सुस्तामा केही समस्या उत्पन्न भएको छ ।Ú
दुई देशलाई छुट्टयाउने दशगजा -नो म्यान्स ल्याण्ड) अतिक्रमण र सीमा पार कब्जाको समस्या रहेकोतर्फ उनले औंल्याए । सीमा समस्या समाधानका लागि दुई पक्षबीच सरकारी संयन्त्र रहेको अवस्थामा तेस्रो पक्षको कुनै आवश्यकता र भूमिका नभएको उनले बताए । यता, बालेनले संसदमा बोल्दै आफूहरुले बेलायतलाई सुगौली सन्धीताकाको नक्सा र भौगोलिक अवस्थाबारे सहयोगका लागि अनुरोध गरेको बताएका थिए ।






