भैरहवा जेठ ७



प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले रुपन्देहीको बेलहिया–सुनौली नाकामा निर्माणाधीन आईसीपी -एकीकृत चेक पोस्ट) सम्म रेल–वे कनेक्टिभिटी विस्तारमा पहल गर्न सरकारसँग माग गरेकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) सांसद अग्रवालले रेल–वे कनेक्सन हुँदा व्यापार सहजीकरण हुनुका साथै ढुवानी लागत समेत घट्ने जनाइन् ।
…नाकामा निर्धाणाधीन आईसीपी सम्पन्न पछि नेपाल–भारत व्यापार, आवतजावत सहज र भन्सार व्यवस्थापन आधुनिक हुने अपेक्षा गरिएको छ । तर, आईसीपीसम्म रेल–वे कनेक्टिभिटीको पहल हुन सकेको छैन । बेलहियासम्म रेल–वे कनेक्टिभिटीले मालसामान ढुवानी सहज, छिटो र कम खर्चिलो बनाउनेछ भने नेपालका उद्योग, व्यवसाय तथा पर्यटन क्षेत्रलाई पनि प्रत्यक्ष लाभ पुग्नेछÚ, उनले भनिन्, …साथै, भैरहवा नाका हुँदै हुने अन्तर्राष्ट्रिय व्यापारलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने छ ।Ú
ट्रक मार्फत सामान ल्यााउँदा ढुवानी समय बढी लाग्ने, बाटोमा क्षति हुने जोखिम, ट्रक भाडा तथा इन्धन खर्च महँगो परिरहेको सांसद अग्रवालले जनाइन् । …रेलवे कनेक्सन हुने हो भने ठूलो परिमाणको सामान एकैपटक ल्याउन सकिन्छ, ट्रान्जिट समय छोटो हुन्छ, ढुवानी खर्च कम लाग्छ र जोखिम पनि न्यून हुन्छÚ, उनले भनिन् ।
वीरगञ्जमा रेलवे कनेक्सन पछि नेपालबाट हुने आयात–निर्यातको ढुवानी लागत र समय दुवैमा कमी आएको उनले जनाइन् । …जसले गर्दा वीरगन्ज नाका नेपालको सबैभन्दा ठूलो व्यापारिक नाकाका रुपमा अझ सशक्त बनेको छ । नेपालको कुल आयातको झण्डै आधा हिस्सा यही नाकाबाट हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछÚ, उनले भनिन्, …यसैले पनि मुलुककै दोस्रो ठुलो भन्सार नाका रुपन्देहीको बेलहिया नाकामा रेलवे कनेक्सन जोड्न जरुरी छ ।Ú
नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डको अध्ययन अनुसार पनि रेलमार्गबाट हुने ढुवानी ट्रक भन्दा करिब ४० प्रतिशतसम्म सस्तो पर्न जाने उनले बताइन् । …अहिले भैरहवामा नाकामा जामले सास्ती छ, सामान लोड गरेर नेपाल आउने ट्रकलाई हप्तौं लाग्ने गरेको छ । वार्षिक एक खर्ब हाराहारी राजस्व संकलन गर्ने यो नाकाबाट निर्यात पनि २० अर्ब माथि हुँदै आएको छÚ, उनले भनिन्, …हामीले निर्यात प्रवद्र्धन नीति लिइरहँदा रेल–वे कनेक्सन नभएकाले हाम्रा नेपाली उत्पादन भारत पुग्दासम्म ढुवानी खर्चनै महंगो पर्न गइरहेको छ ।Úभटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, खयर, पिना, चाउचाउ नुडल्स र पास्ता, फलाम र स्टीलका भाँडाकुँडा, सिमेन्ट, क्लिंकर जस्ता धेरै स्वदेशी उत्पादन अहिले बेलहिया नाका हुँदै निर्यात भइरहेको उनले जनाइन् । तर, ढुवानी लागत बढी हुँदा प्रतिस्पर्धा र लाभ उठाउन उद्योगीलाई गाह्रो भइरहेको सांसद अग्रवालले बताइन् ।
भैरहवा नाकासम्म रेल–वे कनेक्सन हुँदा वार्षिक आयात–निर्यातको लागत घट्न जाने उनको भनाई छ । …यसले अन्ततः उपभोक्ता र सरकारलाई नै लाभ मिल्छ । दैनिक ४–५ सय मालबाहक गाडी भित्रिने यो नाका व्यवस्थापन गर्न करिब ८–९ किमि दूरिमा रहेको नौतनवा रेल–वे सँग कनेक्टिभिटी जोड्न जरुरी छÚ, उनले भनिन्, …यसतर्फ सरकारले भारतसँग कुटनीतिक पहल गरि तत्काल योजना अघि बढाउन सभामुख मार्फत् मैले सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।Ú
व्यवसायीले पनि लामो सयमदेखि यो माग उठाउँदै आएका छन् । बेलहियासम्म रेलवे कनेक्सन हुने हो भने वार्षिक १० अर्ब हाराहारी ढुवानी भाडा कम हुने व्यवसायीको दावी छ । सांसद अग्रवालको पहलले रेलवे कनेक्टिभिटी विस्तार हुने अपेक्षा यहाँका उद्योगी–व्यवसायीको छ ।



