जेठ १९
काठमाडौँमा बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरष्कृत चलचित्रहरुको प्रदर्शन सुरु भएको छ । ठमेलको छायाँ सेन्टरस्थित क्यूएफएक्समा आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो ।चीन चलचित्र प्रशासन, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा आयोजना गरिएको कार्यक्रम सागर झान निर्देशित चलचित्र …ट्र्रयाप्डÚबाट सुरु गरिएको छ ।




पहिलो दिन अन्य दुई चलचित्र …बियोन्ड द स्काइजÚ र …समर डायरीÚ पनि प्रदर्शन गरियो । कार्यक्रममा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान, ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, वरिष्ठ निर्देशक तुलसी घिमिरे, कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुण प्रधान, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, अभिनेता प्रमोद अग्रहरीसहित दर्जनौ कलाकारको उपस्थिति थियो ।
काठमाडौँस्थित चिनियाँ साँस्कृतिक केन्द्र, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटले समेत सहयोग गरेको कार्यक्रम बिहिबारसम्म चल्ने बताइएको छ ।



