आरएमबी डेबिट कार्ड प्रयोगमा, चीन जाने नेपालीलाई सुविधा

२०८३ जेष्ठ १९, मंगलवार
पढ्ने समय : < 1 मिनेट

जेठ १९

हिमालयन बैंकले चीनको युनियनपेसँगको सहकार्यमा आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ । बैंक र चीनको यूनियनपेले नेपालमा आफ्ना ग्राहकका लागि सहज बनाउन यो सेवा थालेको बताएका छन् ।
विशेषगरी चीन भ्रमणमा जाने नेपालीका लागि उनीहरुको यात्रा सहज तथा सुलभ बनाउन आरएमबी कार्ड निकै सहयोगी हुने जाानकारी दिइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा तथा युनियनपे इन्टरनेसनलका उपाध्यक्ष च्वाङ पेइले उक्त कार्डसेवाको सोमबार शुभारम्भ गरेका हुन् ।
त्यो कार्ड बोकेर चीन जाने नेपालीले त्यहाँको एटीएम, पोस, क्यूआर कोड, इकमर्स प्लेटफर्ममा सजिलैसँग चिनियाँ मुद्रा युआन -आरएमबी) मा भुक्तानी गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय