नेपाल–चीन संयुक्त संयन्त्रको तेस्रो बैठक जुनमा बस्ने

२०८३ जेष्ठ ८, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

जेठ ८
नेपाल र चीनबिचको परियोजना सम्बन्धी सहजीकरण संयन्त्रको तेस्रो बैठक आगामी जुन २०२६ मा नेपालमा बस्ने भएको छ ।
सन् २०१८ जुन २१ मा दुई देशबीच सम्पन्न …नेपाल–चीन सहकार्य कार्यक्रम तथा परियोजनाहरूको कार्यान्वयन सहजीकरण संयन्त्र स्थापना सम्बन्धी समझदारीपत्रÚ अनुसार यो बैठक बस्न लागेको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकेन्द्रबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार उक्त बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नेछन् भने चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् । बैठकमा चीन सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाहरूको प्रगतिको समीक्षा गरिनुका साथै तिनको प्रभावकारी कार्यान्वयनका विषयमा ठोस छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय