बैशाख ३१
नेपाल घुम्न आउने भारतीय पर्यटकका गाडीमा रुट परमिट हटाए पर्यटन व्यवसाय झन फस्टाउने पुर्व सांसद अभिषेक प्रताप शाहले बताउका छन ।
धार्मिक ,सांस्कृतिक तथा प्रकृतिक स्रोतको धनी राष्ट्र नेपाल घुम्न आउने भारतीय पर्यटकको संख्यामा कमी आउनुको एउटा कारण रुट परमिटको नाममा लुम्बिनी प्रदेश सरकारको उदासिनता र ट्राफिक प्रहरीले लिने पटके कर पनि रहेको नेपाली कांग्रेस कपिलवस्तुका युवा नेता एवं पुर्व सांसद अभिषेक प्रताप शाहको भनाई छ ।
पुर्व सांसद शाह भन्छन कोरोनापछि होटेल व्यवसायीहरु धरासायी बन्दै गएका छन । कपिलवस्तुको कृष्णनगर , मर्यादपुरलगायत देशभरिकै सिमा क्षेत्रका बजार सुक्दै गएकाले व्यापारीहरु सटर बन्द गरिरहेको अवस्था छ त्यसमाथि पर्यटन व्यवसायका लागि महत्वपुर्ण स्रोतका रुपमा रहेका भारतीय पर्यटकसंगको दुव्र्यवहार , अनावश्यक जरिवाना,पटके लगायतका बिषयमा सरकार गम्भीर नरहेकोले देशको अर्थतन्त्रमा झन असर पार्ने देखिन्छ । भारतबाट नेपाल गर्मीमा जाडोको आनन्द लिन र जाडोमा हिउँ खेल्न आउने अधिकांश भारतीय नागरिक हुन्छन । साथै नेपालको पशुपतिनाथ, स्वर्गद्वारी ,मनकामना , सुपादेउरालि, मुक्तिनाथ , चन्द्रगिरि , जनकपुर, लुम्बिनी,लगायतका धार्मिक स्थलमा दर्शन गर्न जाने भारतीय श्रद्धालु नै हुन्छन । सरकारले नेपालभित्रिने छिमेकी देशका पर्यटकका लागि केही दिनसम्म भन्सार अथवा रुट परमिट निशुल्क गरि एकहप्ते प्याकेज आकर्षक जस्तै योजना ल्याउनुपर्छ जसले नेपालभित्र एउटा परिवारले लाखौं खर्च गर्छ भने बर्षभरि १५–२० लाख पर्यटकले खर्बाैं पैसा नेपालमा छोडेर जान्छ त्यसले हाम्रै अर्थतन्त्र मजबुत हुनेछ ।
पुर्वसांसद शाहले सम्भव छ भने भन्सार कार्यालयभित्रै रुट परमिटको व्यवस्था गराईदिए नै राम्रो हुन्छ । त्यसपछि ट्राफिक प्रहरी , प्रदेश सरकार लगायतका सरोकारवालाले भारतीय पर्यटकका गाडी निर्वाध रुपमा नेपालभित्र घुम्न, बस्न, किनमेल गर्ने वातावरण सरल बनाई दिनुपर्ने मा जोड दिएका हुन ।
अधिकांश भारतीय पर्यटकहरु भन्सार शुल्क तिरिसकेपछि निर्वाधरुपले नेपालभित्र घुम्न पाइन्छ , किनमेल गर्न पाइन्छ भनी बुझेका हुन्छन तर रुट परमिट नभएकै कारण पटक पटक जरिवाना तिर्नुपर्ने साथै बोर्डरमा घरायसी सामानपनि खोस्ने र तर्साउने चलन बढेकाले पर्यटक र किनमेल गर्ने भारतीय सर्वसाधारण समेतको संख्यामा कमी भईरहेको स्थानीय व्यापारीहरु बताउँछन् ।






