अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता शान्ति नमूनाको जित

२०८२ मंसिर १६, सोमबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा मसिर १५
रुपन्देहीको भैरहवामा जारी १२औं संस्करणको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा शान्ति नमूना माविले लुम्बिनी वल्र्ड स्कूलमाथि ९ विकेटको शानदार जित निकालेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी वल्र्डले निर्धारित २० ओभरमा १९ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७७ रन बनायो । उसका लागि अजान जय मक्काले ३२ र अनभेष रौनियारले १० रन बनाउनुबाहके अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न शान्ति नमूनाका रुद्रान्श भट्टराईले ४, नितिषकुमार ठाकुर र सफल पाठकले २–२ तथा प्रमोद न्यौपाने र दिवस अर्यालले समान १–१ विकेट लिए ।जवाफी ब्याटिङ गरेको शान्ति नमूनाले ११ ओभर ३ बलमा १ विकेटको नोक्सानीमा ८१ रन बनाउँदै सहज जित निकाल्यो । उसको जितमा रुद्रान्श भट्टराईले अविजित ४१ र सुशान्त सुवेदीले नटआउट २० रन बनाए । बलिङमा लुम्बिनी वल्र्डका करण पोखरेलले १ विकेट लिए । खेलमा शान्ति नमूनाका रुद्रान्श भट्टराई प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।विद्यालय तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागिता रहेको खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स भैरहवाले प्रायोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय