भैरहवा जेठ १०
नेपाली पर्यटन क्षेत्रमा विशेष महत्व राख्ने तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल्स मार्ट (बिआईटिएम) को लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरु लुम्बिनी आएका छन् ।

विश्व पर्यटनको केन्द्र लुम्बिनी र त्यस आसपासको क्षेत्रलाई प्रबद्र्धन गर्नेगरी नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) द्वारा आयोजित बिआईटिएमको लागि भारत, चिन, श्रीलंका, थाईल्यान्ड, मलेसिया, इन्डोनेशीया, भुटान, म्यानमार, सिंगापुर, नेदरल्यान्डस, श्रीलंका लगायत विभिन्न देशका ट्राभल्स एजेन्टहरु नेपाल आएको नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) केन्द्रको बरिष्ठ उपाध्यक्ष समेत रहेकी कार्यक्रम संयोजक जिस्वा श्रेष्ठले बताईन् ।
शुक्रबार काठमाडौमा पर्यटन मन्त्री बद्रीप्रसाद पान्डेले उद्घाटन गरेको बिआईटीएमको समापन भने आईतबार भैरहवामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने भएका छन् ।
बुद्धिस्ट पर्यटनलाई केन्द्रमा राखेर नेपालको प्रकृति, सस्कृति, पुरातात्वीक र साहसिक पर्यटनको प्रबद्र्धन समेत गर्नेगरी आयोजित बिआईटिएममा विदेशी पर्यटन व्यवसायीको उत्साबद्र्धक सहभागिताले नेपाली पर्यटन व्यवसायीलाई खुसी दिएको नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनीका पुर्व अध्यक्ष तथा बिआईटिएमका सदस्य सागर अधिकारीले बताए ।
भैरहवामा होटल, एयरलाइन्स, केबलकार, ट्राभल्सहरुगरी ४० वटाले बिटूबीकोलागि बुकिङ गरिसकेका छन् । आईतबार विदेशी पर्यटन व्यवसायी र विदेशी पत्रकारहरुको टोलिलाई बुद्ध सर्किटको फार्म ट्रिप गराउने र दिउँसोदेखि बिटूबी गर्ने कार्यक्रम रहेको छ । यसैगरी आईतबार नै औपचारीक कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रममा नेपालको पर्यटन प्रबद्र्धन गर्नेगरी नेपाली मिडीयाका प्रतिनिधीहरु र विदेशी मिडीयाका प्रतिनिधीहरु सहभागि भई छलफल गर्ने कार्यक्रम तय भएको नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनीका अध्यक्ष चन्द्र बहादुर थापामगरले बताए ।
बिआईटिएमको सन्दर्भ पारेर विबिसी, सिन्हा, अलजजिरा, सिसिटिभी, एपी, नेशनल जिओग्राफी, एपी, एएफपी, रिउटर, सार्क, एनएचके, युरोपियन, युरोपियन च्यानल, बुद्धिस्ट म्याग्जीन लगायत विदेश स्थित मिडीयाका प्रतिनिधीहरु पनि लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धनकोलागि आएका छन् ।
विश्वमा रहेका बुद्धिस्ट धर्म अनुयायीलाई लुम्बिनी र नेपाल आउन प्रेरित गर्नेगरी विदेशी ट्राभल्स व्यवसायीको सहभागितामा आयोजित बुद्धिस्ट इन्टरनेशनल ट्राभल्स मार्टले नेपालको आर्थिक चलायमानमा पनि विशेष योगदान दिने नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) सह कोषाध्यक्ष ढकनाथ काफ्लेले बताए ।
नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) को आयोजनामा भईरहेको बिआईटिएमको यो तेस्रो संस्करण हो । पहिलो संस्करण २०१९ मा र दोस्रो संस्करण २०२३ मा भएको थियो ।
बिआईटिएमको कारण भारतको आइटिओ भन्ने संस्थासँग एमओई भईसकेको नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) का केन्द्रीय अध्यक्ष कुमारमणी थपलियाले बताए । यसैगरी लुम्बिनीमा म्यानमार र चाईनाको एक पर्यटन सम्बद्ध संस्थासँग पनि सम्झौता हुने भएको छ ।






