अरुण ज्ञवाली
भैरहवा
आज भन्दा ४० वर्ष अगाडी भैरहवामा राष्ट्रिय फुटबल खेलाडीको निकै चहल पहल हुने गर्द थियो । त्यस ताका भैरहवाको सिद्धार्थ रंगशाला मा प्रत्येक वर्ष आयोजना हुने महात्मा बुद्ध गोल्ड कप फुटबलको मजा लिन लुम्बिनी अंचल बाट मात्रै होइन काठमाडौ,पोखरा,लगायत छिमेकी मुलुक भारतका शहर बाट पनि फुटबल प्रतियोगिता हेर्न खेलप्रेमी को भैरहवा मा घुइचो लाग्ने गर्द थियो ।राष्ट्रियस्तर को फुटबल प्रतियोगिता र राष्ट्रिय,अन्तराष्ट्रिय फुटबल खेलाडीको जमघटले भैरहवाको छुट्टै पहिचान र परिचय गराएको थियो । त्यस बेला यो प्रतियोगिता ले भैरहवाको आन्तरिक पर्यटनलाई ठुलो टेवा पुर्याएको थियो । तर २०४६ सालको राजनैतिक परिवर्तन सगै प्रतियोगिता ले बर्षेनी निरन्तरता पाउन सकेन भने २०५५ सालबाट प्रतियोगिता आयोजना ठप्प नै भयो। २०३८ सालमा भैरहवाका स्थानिय युवाले क्लब गठन गरी यो फुटबल प्रतियोगिताको सुरु गरेका थिए ।पछी २०४२ सालमा तत्कालिन सिद्धार्थनगर पंचायत ले अपनत्व गरी प्रतियोगिता आयोजना गर्दे आएको थियो । २०४७ पछी जनतन प्रतियोगिता आयोजना भए पनि २०५५ पछी प्रतियोगिता पुरै ठप्प भयो । माओवादी जनयुद्ध र राजनैतिक खिचातानी का बिच प्रतियोगिता आयोजना हुन सकेको थिएन । २०६२।०६३ को राजनैतिक परिवर्तन पछी पनि प्रतियोगिता आयोजना हुन सकेन । २०६४ को स्थानिय निकाय को निर्वाचन पछी प्रतियोगिता आयोजना हुने आशा गरिएको थियो । २०७६ चैत २ देखी पुन प्रतियोगिता आयोजना गर्न सिद्धार्थनगर नगर पालिका र पर्फेक्ट इभेन्ट प्रा.लि.ले अन्तिम तयारी गरे पनि चैत १२ गते बाट कोरोना सक्रमण का बिच लक डाउन भए पछी यो प्रतियोगिता आयोजनाको भविष्य नै अन्धकार भएको छ ।
छैन फुटबल रंगशाला
२०३८ साल बाट सुरु भएको महात्मा बुद्ध गोल्ड कप फुटबल प्रतियोगिता जनतन २०५५ सम्म भए पनि रंगशालाको अभावमा प्रतियोगिताले निरन्तरता पाउन सकेन । हालको सिद्धार्थ क्रिकेट रंगशाला क्रिकेट मैदानमा परिणत भए पछी भैरहवामा फुटबल प्रतियोगिता र खेलको भविष्य नै अन्यौल बनेको छ । २ बर्ष अधि फुटबल प्रतियोगिता आयोजना गर्न भैरहवाको शान्तिनगर स्थित संघिय प्रहरी ईकाइमा तय गरिएको थियो। तर प्रतियोगिता आयोजना लकडाउन ले गर्दा हुन सकेन । भैरहवा आसपास क्षेत्रमा फुटबल मैदानको अभावमा खेलाडी तथा खेल प्रेमी निरास भएका छन । स्थानिय तह,प्रदेश सरकार,र संघिय सरकार ले यस तर्फ ध्यान नदिएको उनीहरुको गुनासो छ । सिद्धार्थनगर नगर पालिका का नगर प्रमुख हरि प्रसाद अधिकारी ले २ बर्ष अघि प्रतियोगिता आयोजना अन्तिम चरणमा पुगेर लकडाउन का कारण प्रतियोगिता स्थगित गर्नु परेको बताउछन ।
अब प्रतियोगिता भने अन्यौल बनेको छ । केही महिना पछी स्थानिय चुनावको चटारोमा लागेका राजनैतिक दल चुनाबी गतिबिधीमा लागे पछी प्रतियोगिताको भविष्य अन्यौलमा परेको छ ।
महात्मा बुद्ध गोल्ड कप कहिले होला अब ?
२०७८ पुष ९, शुक्रबार
पढ्ने समय : 2 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: Siddharth Online सर्वाधिकार सुरक्षित| बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal Pvt.Ltd