रुपन्देही–४ मा काँग्रेसका यादवद्वारा उम्मेदवारी दर्ता

२०७९ आश्विन २३, आईतवार
पढ्ने समय : < 1 मिनेट

असोज २३
रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली काँग्रेसका युवा नेता प्रमोदकुमार यादवले मनोनयन दर्ता गराएका छन् । उनले क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिएका हुन् ।

आफ्ना समर्थकसहित उम्मेदवारी दिन पुगेका यादवले सबैको चाहानामा उम्मेदवार बनेको बताउँदै यसपटक पनि भारी मतले विजयी हुने जनाए । उनी २०७४ को निर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेर यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसबेला यादवले ३१ हजार ७१८ मतसहित विजयी हुँदा तत्कालीन राजपा हाल लोसपाका बरिष्ठ नेता शर्बेन्द्रनाथ शुक्लाले २० हजार ४१६ मत पाएका थिए ।

युवाहरुमाझ लोकप्रिय यादवले मर्चवारको विकासका लागि यसअघि धेरै प्रयास गरिएको जनाउँदै पहिला गरेका कामलाई पूर्णता दिन र नयाँ योजना ल्याएर कार्यान्वयन गर्न पनि आफूलाई मतदाताले विश्वास गर्ने बताए । यो क्षेत्रमा सत्ता गठबन्धनमा मित्रबत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । क्षेत्र नम्बर ४ (क) मा काँग्रेसबाट अष्टभुजा पाठक र (ख) बाट काँग्रेसकै वसीउद्दिन खाँ ले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय