असार ४
चीनले मंगलबार काठमाडौंमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी आयोजना गरेको छ।
नेपालस्थित चिनियाँ दूतावास र चिनियाँ छात्रवृत्ति परिषद्ले आयोजना गरेको शैक्षिक मेलाको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन।
प्रमुख अतिथिका रुपमा शैक्षिक मेला उद्घाटन गरेका श्रेष्ठले नेपाली विद्यार्थीका लागि चीन गन्तव्य बन्दै गइरहेको भन्दै यो मेलाले अझै थप बढावा दिने धारणा राखेका थिए।
शैक्षिक मेलामा नेपालका मन्त्री, पूर्व मन्त्री, नेता र कूटनीतिज्ञहरुको बाग्लो उपस्थिति थियो।
मेलामा माओवादी केन्द्रका महासचिव देव गुरुङ, पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, चीनका लागि नेपालका पूर्व राजदूतहरु लिलामणि पौडेल, टंक कार्की, नेकपा एकीकृत समाजवादीका नेता बलराम बास्कोटा लगायतको उपस्थिति थियो।
त्यस्तै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खड्ग केसी लगायतको बाक्लो जमघट थियो।
चिनियाँ दूतावासका अनुसार मेलामा चीनका ३१ विश्वविद्यालयको उपस्थिति थियो।