भैरहवा भदौ १७
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज -यसीयमयस) शिक्षण अस्पताल, भैरहवाले आर्थिक सहयोग गरेको छ । युसीयमयसले २५ लाख रुपैयाँ सहयोग गरेको हो ।

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री स्वर्णीम वाग्लेलाई युसीयमयसका अध्यक्ष रमेश शर्माले रकम हस्तान्तरण गर्नुभएको हो ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले प्रभावित सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको युसीयमयसका कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले बताउनुभयो ।
युसीयमयस स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेपालको पहिलो मेडिकल कलेज हो ।







