नेपाली भूमि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने गृहमन्त्री खाँण को प्रतिबद्धता

२०७९ कार्तिक ५, शनिबार
पढ्ने समय : 2 मिनेट

कार्तिक ५
गृहमन्त्री बालकृष्ण खाँणले नेपालका सबै हवाई तथा स्थल नाकाहरु सुुव्यवस्थित गर्न सरकार लागिपरेको बताएका छन् । सुुरक्षा, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिबिधि चलायमान गराउन पनि नाका ब्यबस्थित गर्न जरुरी रहेकाले सरकार त्यसतर्फ लागिपरेकोे उनले जनाए ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे हवाई तथा स्थल नाका ब्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र मित्र राष्ट्र छिमेकी मुलुुकहरुबिरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिबिधि रोक्न पनि नाका ब्यबस्थित गर्नुु पर्ने जरुरी रहेको औल्याए ।

उनले नेपालको भूमि प्रयोग गरी दुुई छिमेकी मुलुकविरुद्ध हुनसक्ने गतिबिधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गंभीर ढंगले सरकार अगाडि बढ्ने विश्वास दिलाए ।

स्थल नाका सुुब्यबस्थित गर्ने कामको सुुरुवात निर्वाचन पछि सरकारले रुपन्देहीको बेलहिया नाकाबाट गर्ने समेत उनले प्रतिबद्धता जनाए । उनले नाका सुुब्यबस्थित गराउन निमार्ण गर्नुु पर्ने संरचना र अन्य कामका लागि बजेटमा सरकारले कन्जुस्याइँ नगर्ने समेत प्रष्ट पारे । त्यस्तै उनले बेलहियामा बन्ने आईसीपी निमार्णका लागि नेपाल सरकारले कुटनीतिक र राजनीतिक रुपमा पहल गरिरहेको जानकारी दिँदै छिट्टै काम अगाडि बढ्नेमा सरकार विश्वस्त रहेको बताए ।

‘नेपाल सरकार र भारत सरकारको संयुक्त प्रयासमा आईसीपी निमार्ण हुने हो’, गृहमन्त्री खाँणले भने,, ‘आईसीपीका लागि हामीले जग्गा अधिग्रहण गरिसकेका छौं । भारत सरकारले जग्गा अधिग्रहण नगर्दा निमार्णमा ढिलाई भएको हो । जग्गा अधिग्रहण गरी निमार्ण प्रक्रिया अगाडि बढाउन नेपाल सरकारले भारत सरकारसंग कुटनीतिक र राजनीतिक दुवै तवरले छलफल अगाडि बढाएको छ ।’

अधुुरो रहेको बेलहिया–बुुटवल ब्यापारिक मार्ग अन्तर्गत बेलहिया खण्डको सडक निमार्ण तीनचार महिना भित्रै सम्पन्न हुुने पनि उनले बताए । विशेष आर्थिक क्षेत्र ‘सेज’मा नियमित विद्युत आपूर्ति र संचालन कार्यबिधिमा उद्योगी ब्यवसायीले राख्दै आएका माग सकारात्मक रहेको पनि उनले बताए ।
क्षेत्र नम्बर ३ (क)का गठबन्धनका उम्मेदवार तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेयले रुपन्देही र सिंगो मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि गठबन्धनले जित्नु जरुरी रहेको बताए । उनले गृहमन्त्री खाँण गठबन्धनका मात्रै उम्मेदवार नभएर क्षेत्रबासीका साझा उम्मेदवार भएकाले एकढिक्का भएर मतदान गर्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय