एमाले नेतृत्वको गठबन्धन अप्राकृतिक र प्रतिगामीः गृहमन्त्री खाण

२०७९ कार्तिक २, बुधबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक २

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एमाले नेतृत्वको गठबन्धन अप्राकृतिक र प्रतिगामी भएको आरोप लगाएका छन् ।

रुपन्देही ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणले बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा विमति राखेको पार्टी पनि एमाले नेतृत्वको गठबन्धनमा रहेको बताए ।

एजेन्डा नै नमिल्ने पार्टीबीच भएको गठबन्धन प्राकृतिक हुन नसक्ने गृहमन्त्री खाँणले जनाए।

अहिले आफ्नासामू दुई जिम्मेवारी रहेको गृहमन्त्री खाणले बताए । एउटा, देशभर एकैपटक शान्ति सुरक्षा कायम गर्दै निष्पक्ष, स्वतन्त्र, भयमुक्त र निर्वाधरूपमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी र अर्को आफूलाई जनताले रुचाएको, खोजेको र मन पराएको बनेर निर्वाचन जित्नु पर्ने अवस्थामा आफू रहेको उनको भनाइ थियो ।

अग्रगमनको दिशामा लागेर समृद्ध मुलुक बनाउन पाँच दलीय गठबन्धनलाई जिताउन खाणले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय