असोज २३
नेकपा (माओवादी केन्द्र)का नेता फैज अहमद खानले रुपन्देही क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभा सदस्य मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।
स्वतन्त्र उम्मेदवार खानले आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा माओवादी केन्द्रबाट खानले उम्मेदवारी दिएका थिए । उनी माओवादी केन्द्र सिद्धार्थनगरका इञ्चार्ज हुन् ।






