रोटरी क्लब अफ भैरहवा द्वारा शुभकामना आदानप्रदान तथा चियापान

२०७९ आश्विन १६, आईतवार
पढ्ने समय : 2 मिनेट

असोज १६

रोटरी क्लब अफ भैरहवा ले विजया दशमी, शुभ दिपावली,नेपाल सम्बत,तथा छठ पर्व को अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भैरहवा मा सम्पन्न गरेको छ । कार्यक्रम मा बोल्दै क्लब का जिएसआर एजाज आलम ले रोटरी क्लब अफ भैरहवा ले समाज लाई प्रभाव पार्ने थुप्रै काम गरेको भन्दै देखिने गरी अझै ठुला ठुला काम गर्न आग्रह गर्नु भएको छ । आलम ले महान पर्व बडा दशै ले सबै मा राम्रा कुरा लिन सक्ने र नराम्रा कुरा छोडदै जाने शक्ति प्रदान का लागी शुभकामना दिनु भयो । कार्यक्रम मा रोटरी क्लब अफ सेन्टर बुटवल का अध्यक्ष गणेश प्रसाद अधिकारी,रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी का अध्यक्ष शिव प्रसाद गौडेल,रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर का अध्यक्ष भोज बहादुर खत्री , क्लब का सस्थापक अध्यक्ष राज कुमार गुप्ता,रोटरी क्लब अफ भैरहवा का पुर्व अध्यक्ष मनिष भटटराई, सजिव शर्मा रेग्मी,रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी का पुर्व अध्यक्ष कृष्ण प्रसाद पाण्डे,सरिता राना लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा रोटरी क्लब अफ भैरहवा का २०२०।०२१का अध्यक्ष शिव हरी शर्मा ले आफनो कार्यकाल मा सहयोग गर्ने क्लब का पदाधिकारी, सदस्य लगायत लाई माया को चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रम क्लब का अध्यक्ष पवन पौडेल को अध्यक्षता, सचिव कमल कोइराला को सचालन, प्रसिडेन्ट नोमिनी उमेश चन्द्र आचार्यको स्वागत तथा क्लब का पुर्व अध्यक्ष शिव हरी शर्मा को धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय