भैरहवा पुस ४
नेपाली काँग्रेसका सिद्धार्थनगर नगर उपसभापति एवम् वडा नम्बर–७ का वडा सदस्य किरण घिमिरे लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बिहीबार राति घिमिरेलाई सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा रहेको उनकै घरबाट पक्राउ गरेको थियो । यस विषयमा रुपन्देही जिल्ला प्रहरी का प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक नवरत्न पौडेल लाई जानकारी लिन खोज्दा उनले नियन्त्रणमा लिएको पुष्टि गरेपनि के आरोपमा नियन्त्रणमा लिएको हो ,सो विषयमा बताउन चाहेनन् । अहिले अनुसन्धान कै क्रममा रहेको हुँदा थप कुरा पछि मात्र बताउन मिल्ने जनाएका छन ।
स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँणका नजिकका व्यक्ति भएका कारण प्रहरीले समेत विषय लुकाउन खोजेको आरोप रहेको छ । घिमिरेलाई जबरजस्ती करणीको आरोपमा बिहीबार पक्राउ गरिएको स्रोतको दाबी रहेको छ ।
रुपन्देही सिद्धार्थनगर काँग्रेस उपसभापति घिमिरे पक्राउ, घटना लुकाउने प्रयास मा प्रहरी
२०७८ पुष ४, आईतवार
पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: Siddharth Online सर्वाधिकार सुरक्षित| बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal Pvt.Ltd