भैैरहवा मसिर २०
प्रथम भैरव नक आउट फुटबल प्रतियोगिता’ शनिवार देखि सिद्धार्थनगर –१ स्थित पक्लिहवामा सुरु भएको छ । सम्पुर्ण युवा क्लब, सुपौली तिलोत्तमा र आयोजक टिम भैरव युवा क्लब पक्लिहवा सिद्धार्थनगर बिच भएको प्रतियोगिताको उद्घाटन खेलमा ट्राइब्रेकरको आधारमा सम्पुर्ण टिम बिजयी भएको छ ।निर्धारित समयसम्म दुवै टिमको खेलको अवस्था एक–एक गोलको बराबरीमा रहेपछि खेललाई निर्णायक बनाउन ट्राइब्रेकरको आधारमा खेलाइएको थियो । ७० मिनेटको निर्धारित खेल समयसम्ममा दुवै टिमको एक–एक गोल भएको थियो । त्यसपछि प्रदान गरिएको २ मिनेटमा पनि खेलले निर्णायक गती लिन सकेन ।

त्यसपछि खेलाइएको ट्राइब्रेकरमा सम्पुर्णले ४ गोल र आयोजक भैरव टिमको २ गोल भएपछि खेल निर्णायक हुन पुगेको हो । यस अघि खेल सुरु भएको १२ मिनेटमा पहिलो गोल सम्पुर्णका खेलाडी दिनेश गुरुङले गरेको थिए । त्यसको लगत्तै ३ मिनेटमैं आयोजक भैरहवा टिमका सरुन थापाले एक गोल गरि खेललाई बराबरीको अवस्थामा पुर्याएका थिए ।
उद्घाटन खेलमा सम्पुर्णका सरोज पुन म्यान अफ द म्याच घोषित भइ पुरष्कृत भइ २ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरेका थिए । आइतवार नवयुवा क्लव ठुटीपिपल आमसतिया रुपन्देही र अञ्चलपुर युवा क्लब, सिद्धार्थनगर बिच हुने जानकारी आयोजकले दिएका छन् ।
पक्लिहवा माध्यामिक बिद्यालय सिद्धार्थनगरका जेहेन्दार तथा बिपन्न बिद्यार्थीहरुको सहयोगार्थ सञ्चालन गरिएको यस प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक सहित रुपन्देही र नवलपरासी गरि आठ वटा फुटवल टिमको सहभागिता छ ।
प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै सिद्धार्थनगर नगारपालिका १ का वडाअध्यक्ष उज्जवल पोखरेलले यस प्रतिायोगितालाई आगामी बर्षमा पनि निरन्तरता दिइने बताए । बर्षौंदेखि स्थगित रहेको सिद्धार्थनगर नगरपालिकाले सञ्चालन गर्ने महात्मा बुद्ध गोल्डकप फुटवल प्रतियोगिताका लागि बजेट बिनियोजन गरिएको र पक्लिहवा माविकै खेल मैदानमा सञ्चालन हुने बताए ।यस प्रतियोगिाताको विजेता टिमले नगद १ लाख रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेता टिमले नगद ५० हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, गोलकिपर, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरले नगद ७ हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् ।आयोजक क्लबका अध्यक्ष याम बहादुर थापाले प्रतियोगिताको अवसरमा फुटबलमा योगदान गरे बापत नेपाल र छिमेकी राष्ट्र भारतमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेका पूर्व खेलाडीहरू चेतन गुरुङ्ग, अशोक गुरुङ्ग, किशन थापा, श्याम गुरुङ्ग, अशोक राना (बाङ्ग) तथा बुद्धिराम नेपालीलाई सम्मान गरिने बताए ।






