ज्ञवाली को‘पत्थर जस्तो दिल’ गजल रिलिज

२०७९ कार्तिक ७, सोमबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक ७
– युवा साहित्यकार नरेश ज्ञवालीको ‘पत्थर जस्तो दिल’ नामक गजल सार्वजनिक भएको छ । ५ मिनेट ४४ सेकेन्ड लामो उक्त गजल सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी बजारमा ल्याइएको हो । ज्ञवालीको आफ्नै रचनामा रहेको ‘पत्थर जस्तो दिल’ नामक गजलमा चर्चित गजल गायक थानेश्वर गौतमले संंगीत तथा स्वर प्रदान गरेका छन् ।

निर्देशक रामजी लामिछानेको कोरिओग्राफी तथा निर्देशनमा बनेको गजल ‘पत्थर जस्तो दिल’ गायक थानेश्वर गौतमको अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । गजलमा चर्चित मोडलहरु सुधीर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय रहेको छ । निर्मातामा रचनाकार नरेश ज्ञवाली एवं समीक्षा ज्ञवाली छन् ।

बिगत १२ वर्षदेखि सपरिवार क्यानडा बस्दै आएका ज्ञवाली सिद्धार्थनगर नगरपालिका–९ का बासिन्दा हुन् । बिदेशमा बसेर पनि नेपाली कला–साहित्यलाई अगाडि बढाउन प्रयासरत रहेका उनले दर्जनौं गजल कविताहरु लेखेका छन् । तर, उनको यो गजल नै पहिलो प्रकाशित तथा स्वरबद्ध कृति हो । विदेशमै गीत रेकर्ड गर्ने तथा छायांकन गर्ने धेरै अवसरहरु प्राप्त भए पनि आफूले नेपालमै आएर नेपाली कलाकार तथा निर्देशक तथा मोडलहरु र धेरैजनाको टिमलाई सहभागी गराई यो गजल गीत रिलिज गरेको जनाए ।

२०३६ सालमा पाल्पाका झडेवामा जन्म भएका ज्ञवाली आफ्नो पेशासँगै साहित्यमा पनि रुचि राख्दै आएका छन् । बिशेष गरी लेख, रचना, गीत, कविता र गजलमा उनको लगाव छ । यो गजल एउटा बिसुद्ध मनोरन्जनात्मक गीत भएको उनले बताए । जसमा एउटा युवाले एउटी युवतीलाई पहिलो पटक हेरेपछि उसको रुपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरा ब्यक्त गर्दछ । पहिलो पटक सुन्दा नै यो गीतको शब्दले हरेक श्रोताहरुको मन सफल हुने ज्ञवालीले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय