सिद्धार्थ रंगशाला भैरहवामा सिद्धार्थ क्रिकेट एकेडेमीको सिलन्यास

२०८० बैशाख ८, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

बैशाख ८
रुपन्देही क्रिकेट संघद्वारा सिद्धार्थ रंगशाला भैरहवामा सिद्धार्थ क्रिकेट एकेडेमीको सिलन्यास गरिएको छ। वैशाख ७ गते एक कार्यक्रमको आयोजना गरी भवन सिलान्यास गरीएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही क्रिकेट संघ का संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरीले एकेडेमीको उद्घाटनले खेलाडीहरूमा थप उर्जा प्रदान भएको बताए

कार्यक्रममा सिद्धार्थ क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले आर्थिक रुपमा विपन्न भए पनि अब्बल खेलाडीहरुलाई समय क्रममा निसुल्क प्रशिक्षण दिने बताए। उनले भने, खेलाडी देशका गहना हुन् त्यस कारणले गर्दा हामी खेलाडीहरु प्रोत्साहन गर्न पछि हड्दैनौ ।
क्रिकेट संघले ईतिहासमै नया अभ्यास सुरु गरेर सहरानीय कार्य गरेको क्यानका पुर्व केन्द्रीय सदस्य आसा गुरुङले बताए।
कार्यक्रममा रूपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, रूपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी, पूर्व राष्ट्रिय खेलाडी तिलक गुरुङ, क्यान का पूर्व केन्द्रीय सदस्य आसा गुरुङ, अनुप थापा, धर्मराज गिरी, उपाध्यक्ष धिरज अधिकारी, लगायत राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम को सञ्चालन देवराज न्यौपानेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय