कार्तिक २१
– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमशेर राणाले रुपन्देही क्षेत्र नम्बर ३ बाट दीपक बोहरालाई जिताए पार्टीले गृहमन्त्री बनाउने बताएका छन् । सोमबार भैरहवामा आयोजना गरिएको कार्यक्रममा बोल्दै राणाले मंसिर ४ को निर्वाचनमा अत्याधिक मत दिएर क्षेत्रबासीले पठाए बोहोरालाई गृहमन्त्री बनाएर पठाउने आश्वासन दिए ।
उनले कांग्रेसको कारण देश संकटमा परेको बताउँदै मुलुकको निकासको लागि निर्वाचनमा सबै राष्ट्रवादीहरु एक भएर लाग्ने समेत बताए । पार्टीको केन्द्रिय नेतृत्वले बोहोराको विजयीका लागि कुनै कमी नराख्ने बताउँदै उनले एमाले र जसपाको राजनैतिक इमान्दारितासँगै विजयीको सुनिश्चिता रहेको समेत बताए ।



राणाले दीपक बोहोराको जित सुनिश्चित रहेको बताउँदै आफ्नो मत सदुपयोग गर्न पनि आग्रह गरे ।
उनले गृहमन्त्री बालकृष्ण खाँणले शक्तिको दुरुपयोग गरिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराए। ।



