रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा का स्वतन्त्र उम्मेदवार अली द्धारा घोषणपत्र सार्वजनिक

२०७९ कार्तिक १७, बिहीबार
पढ्ने समय : 2 मिनेट

कार्तिक १७
रुपन्देहीका सबैभन्दा कान्छा उम्मेदवार मोहम्मद अली ‘एक घर, एक रोजगार’ नाराकासाथ चुनावी मैदानमा उत्रिएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्बाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका अली रुपन्देही जिल्लाकै सबैभन्दा कान्छा उम्मेदवार हुन् ।

२९ वर्षीया अलीले बिहीवार लुम्बिनी प्रेस क्लवले आयोजना गरेको उमेदवारसंग पत्रकार कार्यक्रम’मा आफ्नो चुनावी रणनीति तथा प्रतिबद्धता सार्वजनिक गर्दै रोजगार, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, पर्यटन र महिला तथा वालवालिकाको क्षेत्र आफ्नो प्राथमिकतामा रहेको बताए ।

‘योग्यता अनुरुप एक घर एक रोजगार’ मेरो पहिलो चुनावी प्रतिबद्धता हो । यो प्रतिबद्धता पुरा गर्न कुनै समस्या छैन । मसँग यसका लागि भिजन छ’, अलिले भने, ‘अरु नेता र राजनीतिक दलले जस्तो पुरा गर्नै नसक्ने खालको लोकप्रिय चुनावी नारा लिएर म जनाता सामु जादिनँ ।’

आफ्नो निर्बाचन क्षेत्र भित्रका अपांग तथा असाहायलाई ह्विल चियरको उपलब्धता, हरेक आकस्मिक बिरामीलाई कम्तीमा प्राथमिक उपचारका लागि आधुनिक बेड र उपकरणसहित चिकित्सकको व्यवस्था, स्वास्थ्य सेवा कार्ड लागु गरेर उचित स्वास्थ्य परामर्श र क्षेत्र भित्रका बिरामीलाई हरेक अस्पतालमा निःशुल्क रक्तदानको व्यवस्था मिलाइने उनले बताए ।

उनको चुनावी घोषणा पत्रमा कृषकलाई ट्याक्टर, कम्बाइन र अन्य उपकरणमा अनुदानको व्यवस्था, आग्र्यानिक तरकारी खेतीलाई बढावा र बजारीकरण, विभिन्न खेलाडीलाई खेल सामाग्री र खेल मैदानसहितको प्रशिक्षणको व्यवस्था, खेलकुद प्रतियोगिताको आयोजना, स्थानीय वासिन्दाको जीवनचर्यासंग जोडिने गरि पर्यटनका कार्यक्रम तथा योजना, सरकारी बिद्यालयमा छात्राका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था र घरेलुहिंसाबाट महिला तथा बालबालिकालाई मुक्त गराउन हेल्पलाइन तथा कल सेन्टरको व्यवस्था गरिने बिषय मुख्य रुपमा छन् ।
विभिन्न मधेशवादी दलका रुपमा आएका नेताहरुले अहिलेसम्म आफ्नो कुर्ची जोगाउन र कुर्चीमा पुग्नका लागि जातीय र साम्प्रदायिक नारा लगाउने र आफ्नो स्वार्थका लागि जे गर्ने र सिद्धान्त र भनाई बिपरित जस्तो पनि गठबन्धन तथा तालमेल गर्न पछि नहट्ने प्रवृत्ति रहेको उनले आलोचना गरे ।
‘विगत एघार बर्षसम्म मधेशवादी दलका नेताले म जस्ता युवालाई निकै प्रयोग गरें’, उनले भने, ‘एक किसिमले भन्ने हो भने अहिले मेरो यो उम्मेदवारी तिनै दल र नेताकोबिरुद्ध बिद्रोह पनि हो ।’ बिगतको निर्बाचनमा यस निर्बाचन क्षेत्रबाट बिजयी भएका प्रदेशसभा सदस्य सन्तोष पाण्डेयप्रति लक्षित गर्दै उनले बिगत पाँच बर्षमा कुनै पनि विकास योजनाका निर्माण कार्य नगरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय