कुमार केसीलाइ जिताउन ट्रेड युनियन काग्रेस को आग्रह

२०७९ कार्तिक १३, आईतवार
पढ्ने समय : < 1 मिनेट

कार्तिक १३
नेपाल ट्रेड युनियन काग्रेस तिलोत्तमा नगर समिती रुपन्देहीले मसिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु लाई जिताउन ट्रेड युनियन कर्मिहरुलाइ आग्रह गरेको छ।
गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ प्रदेश सभा २( १) का साझा उम्मेद्वार नेपाली काग्रेसका युवा नेता दिर्घ बहादुर केसी कुमार सग को भेट्घाट कार्यक्रममा सहभागी मजदुर अगुवा हरुले यो निर्बाचनमा मजदुर नेता केसीलाइ बिजयी बनाउन कुनै कसर बाकी न राख्ने प्रतिबद्दता जनाएका छन ।
उनीहरुले चुनाब अघि मजदुर बर्गलाइ प्रयोग गर्ने र चुनाब जितिसकेपछी वास्ता नगर्ने प्रवृती रहेको भन्दै केसी मजदुर बर्गबाट अगाडि बढेको नेता भएकाले मजदुर बर्गका समस्या समाधान र हक हितका लागि काम गर्ने बिस्वास ब्यक्त गरेका छन ।
कार्यक्रममा प्रदेशसभा का उम्मेद्वार नेपाली कागे्रसका युवा नेता दिर्घ बहादुर केसि ले सबैको साथ र सहयोगमा भारी मतका साथ निर्वाचित हुने बिस्वास ब्यक्त गर्नुभयो ।
आफु निर्वाचित भयपछी प्रदेशका जनता,तथा आफुलाइ सहयोग गर्ने मतदाताले गुनासो गर्ने कुनै काम नगर्ने प्रतिबद्दता जनाउनु भयो । हरेक दिन जनताको काम मा समर्पित रहने भन्दै उम्मेद्वार केसि ले प्रत्येक महिनाको अन्तिम शनिबार आफ्नो प्रदेश अन्तर्गतका वडाका जनताका समस्या सुन्नेर समाधानका लागि पहल गर्ने बताउनु भयो ।
ट्रेड युनियन कागे्रस तिलोतमा नगरसमितिका सभापती भरत भुसालको सभापतित्वमा र सचिब राजकुमार वाग्लेको सन्चालनमा भयको कार्यक्रम मा जिल्ला सचिब हिम केसी लगायतले आ आफ्नो भनाइ राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय