भैरहवा साउन ८



नेपाल–चीनबीचको ऐतिहासिक दौत्य सम्बन्ध स्थापनाको ७१औं स्थापना दिवस भब्य रुपमा मनाइने भएको छ । नेपाल चीन मैत्री समाज लुम्बिनीको आज बसेको सातौं बैठकले आउँदो अगस्त १ का दिन लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा.डा.माणिकरत्न शाक्यको प्रमुख आतिथ्यतामा समाजको कार्यालयमा स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले स्मारिका प्रकाशनको जिम्मेवारी कार्यसमिति सदस्य कुलमणि ज्ञवालीलाई दिने निर्णय गरेको छ । नेपाल चीनबीचको बहुआयामिक सम्बन्ध समेटेर स्मारिका प्रकाशन गर्ने निर्णय गत बर्ष नै भएको थियो।
बैठकले पाँच जना आवेदकलाई आजीवन सदस्यता दिने निर्णय गरेको छ ।
समाजका अध्यक्ष मनिषकुमार जोशीको अध्यक्षता र महासचिव जनकराज पन्तको सन्चालनमा बैठक सम्पन्न भएको थियो ।



