मुस्ताङमा भारतीय सहयोगमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन

२०८३ असार २, मंगलवार
पढ्ने समय : 2 मिनेट

असार २
मुस्ताङ जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको औपचारिक उद्घाटन भएको छ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नं १ मा अवस्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिएको नयाँ छात्रावास भवनको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले सोमबार संयुक्त रूपमा उद्घाटन गरेका हुन्।चारवटा ब्लक र अन्य सम्बद्ध संरचनाहरू सहितको यो दुई तले आधुनिक छात्रावास भवनको निर्माण कार्यलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो। यस परियोजनाको सफल कार्यान्वयन लोमान्थाङ गाउँपालिका मार्फत गरिएको हो। मुस्ताङको यस लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यस विद्यालयले परम्परागत बौद्ध शिक्षाका अतिरिक्त नेपाल सरकारको शैक्षिक प्रणाली र मापदण्ड अनुरूपको गुणस्तरीय पाठ्यक्रम समेत विद्यार्थीहरूलाई प्रदान गर्दै आएको छ।


भवन उद्घाटनका क्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यस परियोजनासँग जोडिएका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना व्यक्त गरे। उनले दुई देशबिचको साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धतालाई फेरि एकपटक दोहो¥याएका छन्।
सोही अवसरमा लोमन्थाङ गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारको तर्फबाट प्रदान गरिने विकास सहयोगको उच्च प्रशंसा गरे। उनीहरूले नयाँ भौतिक पूर्वाधारको निर्माणसँगै विद्यालयको आवास सुविधा र समग्र सिकाइ वातावरणमा ठूलो सुधार आउने कुरामा जोड दिए।नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारले देशका सबै ७ वटै प्रदेश र ७४ वटा जिल्लाहरू समेट्ने गरी करिब ६०० वटा साना तथा ठूला परियोजनाहरू अघि बढाइसकेको छ। यसमध्ये मुस्ताङ जिल्लाका १८ वटा परियोजनासहित गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरूमा मात्रै ६३ वटा परियोजनाहरू रहेका छन्।


विगतका वर्षहरूमा भारत सरकारले मुस्ताङ जिल्लामा ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस सहयोग गरिसकेको छ। यसैगरी समग्र गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई अहिलेसम्म १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय