माघ १८
भारतले नेपाललाई दिने अनुदान पनि बढाएको छ। भारतले नेपाललाई २०२३÷२४ मा साढे ५ अर्ब भारतीय रुपैया (८ अर्ब ८० करोड रुपैयाँ) अनुदान दिने भएको छ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसदमा बजेट प्रस्तुत गर्दै नेपाललाई दिने अनुदान रकम वृद्धि गरेको घोषणा गरिन्।



गत वर्ष २०२२÷२३ मा भारत सरकारले बजेटमार्फत ७ अर्ब ५० करोड भारतीय रुपैया अनुदान दिने घोषणा गरेको थियो। तर, त्यसलाई संशोधन गरेर ४ अर्ब २५ करोड भारतीय रुपैया मा अनुदान झारेको थियो।
२०२१÷२२ मा भारतले नेपाललाई ४ अर्ब ४६ करोड भारतीय रुपैया अनुदान दिएको थियो।



