रोहिणीमा २७१ थान लालपूर्जा वितरण

२०८३ श्रावण २२, शुक्रबार
पढ्ने समय : 2 मिनेट

भैरहवा साउन २२
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ५ अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा -लालपूर्जा) वितरण गरिएको छ । शुक्रबार रोहिणी–५ मा आयोजित समारोहमा २७१ थान लालपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताएका छन ।
समारोहमा स्थानीयलाई संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीलगायतले लालपूर्जा वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री लम्सालले भूमिहिन तथा अव्यवस्थित बसोबासीका समस्याहरु यसै वर्ष समाधान गर्न विधेयक ल्याउन लागिएको बताएका छन । मन्त्री लम्सालले यो समस्या छिटो सम्बोधन गरिने बताउदै समस्या समाधान गर्न प्रत्येक पालिकाको प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई प्रमुख जिल्ला अधिकारी र नापी कार्यालयसँग सहकार्य गर्न समेत आग्रह गरेका छन । मन्त्री लम्सालले जनताको हरेक समस्या समाधान गर्न सरकार अघि बढेको बताएका छन ।


…अब रोहिणी गाउँपालिकाले मुहार फेर्दैछ । हामीले बजेटमार्फत यसको मुहार फेर्नका लागि आधार तयार गरिसकेका छौं । अब यहाँको सडक, विद्यालय र स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्नेछौं । अब पालिकालाई डुबानमुक्त पाउनुहुनेछ । अब जति डुबान हुन्छ, यही वर्ष हुन्छ, अर्को वर्षदेखि डुबानको समस्या यहाँ हुँदैन । यो मेरो वाचा भयो, Úमन्त्री लम्सालले भने मन्त्रालय नै यो ठाउँमा बसेर चलाउन कार्यालय स्थापना गर्न लागेको बताएका छन । असोज महिनामा रोहिणी गाउँपालिकामै बसेर मन्त्रालय चलाउने र त्यतिबेला नीतिगत समाधानका लागि जनताको गुनासो सुन्ने मन्त्री लम्सालको भनाइ छ । लम्सालले जनताको समस्या समाधान गर्न वडादेखि जिल्लासम्म नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का नेता–कार्यकर्ताहरुलाई परिचालन हुन आग्रह समेत गरेका छन ।गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जनतासँग गरिएको वाचाअनुसार काम गरिरहेको बताएका छन । अध्यक्ष यादवले नापी कार्यालय, रुपन्देहीसँग समन्वय गरेर लालपूर्जा वितरण गरिएको बताएका छन । …यो केही दिनको मात्र नभइ वर्षौको प्रयास हो, Úउहाँले भन्नुभयो–…वर्षौदेखि लालपूर्जाबिहीन नागरिकलाई लालपूर्जा वितरण गर्न पाउँदा खुसी छौं ।Ú
नापी कार्यालय, रुपन्देहीका प्रमुख मणि प्रसाद रेग्मीले लालपूर्जा वितरण गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन । रेग्मीले रोहिणी गाउँपालिकाको विशेष सहयोग तथा समन्वयमा यो कार्यक्रम गर्न सफल भएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले गाउँब्लक क्षेत्रको जग्गा लामो समयदेखि भोगचलन गरे पनि कानूनी रुपमा स्वामीत्व प्रमाणित गर्ने लालपूर्जा नहुँदा स्थानीयबासी अनेकौं समस्याबाट गुज्रिरहेको बताएका छन । बस्नेतले नापी कार्यालयको अथक प्रयास र गाउँपालिकाको समन्वयबाट यो काम गर्न सफल भएको बताएका छन
कार्यक्रममा रास्वपा लुम्बिनी प्रदेश सदस्य संजय कुमार गुप्ता, रोहिणी गाउँपालिका–२ का पूर्व वडाअध्यक्ष सरोज कुमार पाण्डेय, गाउँपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत विकास ज्ञवालीलगायतले आ आफनो भनाई राखेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय