जेठ २९
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग शुक्रबार भेटवार्ता गरेका छन।् भेटका क्रममा दुई पक्षबिच कृषि विकास, वातावरण संरक्षण तथा यस क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको राजदूत झाङले बताए ।नेपालसँगको द्विपक्षीय सहयोगमार्फत नेपाली जनताले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने ठोस कार्यक्रमहरू अघि बढाउने अपेक्षा राजदूत झाङले गरेका छन् ।
उनले कृषि आधुनिकीकरण, प्रविधि हस्तान्तरण, वातावरणीय संरक्षण तथा दिगो विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न चीन प्रतिबद्ध रहेको बताएका छन् । भेटवार्तामा नेपाल र चीन बिच कृषि तथा वातावरण संरक्षणका क्षेत्रमा विद्यमान सहयोगलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका नयाँ सम्भावनाहरूको खोजी गर्ने विषयमा छलफल भएको उनले बताए ।
नेपाल र चीनबिच पछिल्ला वर्षहरूमा कृषि प्रविधि, क्षमता विकास, हरित विकास तथा वातावरणीय संरक्षणका क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको छ । मन्त्री चौधरी र राजदूत झाङ बिच यसअघि पनि भेटवार्ता भएको थियो।






