नमुना ईङ्गलिस् बोर्डिङ्ग स्कुलमा आँखा शिविर सम्पन्न

२०८३ जेष्ठ २३, शनिबार
पढ्ने समय : 2 मिनेट

भैरहवा जेठ २३
रोटरी क्लव अफ भैरहवाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ रुपन्देही एवम् लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवाको प्राविधिक सहयोगमा एक दिने आँखा शिविर सम्पन्न भएको छ। तिलोत्तमा न.पा. १० बेवरीमा अवस्थित श्री नमुना ईङ्गलिस् बोर्डिङ्ग स्कुलका कक्षा नर्सरी देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु एवम् विद्यालयमा अध्यापनरत शिक्षकशिक्षिका र कर्मचारीहरुका लागि उक्त एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ भैहरवाका अध्यक्ष रोटरियन कमल कोइरालाको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुम बहादुर बयंबुको प्रमुख आतिथ्यता रहको कार्यक्रमको संयोजन रोटरीयन पवन पौडेलले गर्नु भएको थियो ।


शिविरमा विद्यार्थी एवम शिक्षक कर्मचारी गरि ७०० जना भन्दा बढिको आँखा उपचार गरिएकोमा ४८ जनामा आँखा सम्बन्धी कमजोरी -दृष्टीदोष) देखिएको थियो जस मध्ये १२ जना पहिले नै आँखा उपचारमा संलग्न रहेको र उपचार विधि अपनाई रहेका थिए। भने आँखाको डेडोपन ३ जनामा, रेटिनामा समस्या १ जनामा, आँखाको -एलर्जी) सुक्कापन २ जना र आँसुको नलिमा बन्द भएको १ जना विरामी भेटिएको थियो । सो शिविरबाट दृष्टीदोष देखिएका विद्यार्थीहरुका लागि ३ दिन भित्र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रणअम्बिका शाह आँखा अस्पतालमा सहुलियत वा निशुल्करुपमा उपचारको व्यवस्था गरिदिने शिविरमा अतिथिका रुपमा उपस्थित बरिष्ट नेत्र अधिकृत एवम् आँखा अस्पतालका शिविर संयोजक सन्जिव अधिकारीले जानकारी दिनु भयो ।

भने कार्यक्रमको उद्घाटनमा बोल्दै सयोजक अधिकारीले आँखा रोग सम्बन्धी जानकारी एवम् यसको हेरचाह र हाम्रो जिवनमा आँखाको महत्वका विषयमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बयम्बुले रोटरी क्लवले जहिले पनि मानवसेवामा कार्य गर्ने भएकाले सो कार्यको समाजले उच्च मुल्यांकन गरेको बताउनुका साथै यो आँखा शिविरका लागि यस विद्यालयलाई छनौट गरेको धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता खालका राम्रा र सकारात्मका सहयोगको अपेक्षा समेत रहेको कुरा व्यक्ति गर्नु भयो ।
कार्यक्रममा उपस्थितलाई स्वागत संयोजक रो. पवन पौडेलले गर्नु भएको थियो ।भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नारायण कोइरालाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय