बैशाख १
नेपाल अब पहिलाको नेपाल रहेन । सार्वभौम राष्ट्रको रुपमा जनताले गर्ने निर्णय राष्ट्रीय एजेन्डा पनि बन्न सकेको छैन । धर्म निरपेक्षता लगायतका बिभिन्न राजनीतिक मुद्दामा अधिकांश नेपाली जनता समक्ष नेताहरु खुलेर बोल्ने सक्ने साहस राख्दैन ।
एमसीसी लगायतको मामिलामा देशले विदेशी प्रभावहरुको स्पष्ट महसूस गरेको मान्न सकिन्छ । जसरी अमेरिका र चीनले एकअर्का बिचका बयानबाजी जारी गर्यो, त्यसले प्रष्ट पार्दछ की नेपाली राजनीति नेपाली जनता भन्दा धैरै टाढाको कुनै हातबाट संचालन भैरहेको छ ।



भारत र चीन दुई बलशाली र बिशाल छिमेकी पाएको नेपालले अब अमेरिकी चासोलाई पनि स्थान दिन खोजिरहेको बुझिन्छ । कम्युनिस्ट नेताहरु चीनिया सरकारको नजिक देखिन्छन भने कांग्रेस सम्पूर्ण रुपमा अमेरिका नजिक भएको दृष्टान्त देख्न सकिन्छ ।
यहाँ भारतको कुनै चासो प्रष्ट नभएको पनि देखिन्छ । पछिल्ला केहि बर्षयता नेपालले भारत संगको सम्बन्धमा दुरि ल्याउने प्रयास गरेको छ । जसलाई चीनीया हस्तक्षेप कै रुपमा चित्रण गरिन्छ ।
उत्तरी छिमेकी चीनले कम्युनिष्ट मिलाउन पुनः प्रयास थालेको छ । एमसीसी पारित भएपछि तर्सिएको चीनले मोड एक्टिव गरेको देखिन्छ
अघिल्लो एकता असफल भएर नेपालमा आफ्नो पकड कमजोर भएको निष्कर्ष निकाल्दै चीनले पुन कम्युनिष्ट एकताको लागि लगानी थालेको बुझिएको छ ।
कम्युनिष्ट एकता नहुँदा भएको पकड पनि गुम्ने र एमसीसी अनुदान लिएर आएको अमेरिकी प्रभाव बढ्ने तथा अनुदानबाटै नेपालको विकास र समृद्धि हुँदा चिनियाँ ऋणले भरिएको बीआरआई परियोजना अलपत्र पर्ने चिन्तामा बेइजिङले विदेशमन्त्री वाङ यी को नेतृत्वमा उच्चस्तरीय टोली काठमाडौं पठाएको थियो ।
त्यसैगरी काठमाडौंका नेतालाई चीन बोलाएर एकताका लागि पहल गरिरहेको छ । विभिन्न औपचारिक कार्यक्रमका नाममा नेपाली नेतामाथि खर्च गरेर चीनले एकताको पहल थालेको हो ।
केही साता अघि कार्यक्रमको नाममा नेकपा एमाले का उपाध्यक्ष विष्णु पौडेलको नेतृत्व मा एमालेको प्रतिनिधि मण्डल लाई आमन्त्रण गरेको बेइजिङले विदेशमन्त्री नेपाल ओर्लेकै दिन माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलाई चीन बोलाएको थियो ।
चीन कै अग्रसरता मा अघिल्लो पटक एकता भएको एकीकृत नेकपा पार्टीको महासचिव बनेका पौडेल चीनले रुचाएका पात्र हुन भने गुरुङ पनि चीनप्रति सदभाव राख्ने नेता हुन् । त्यस्तै चीनसँग निकट सम्बन्ध भएका वर्षमान पुन पनि फ्लोअप उपचार भनेर चीन उत्रेका थिए् ।
निकट नेताहरुलाई बोलाएर चीनले दोस्रो तहमा कम्युनिष्ट एकताको वातावरण बनाउने र शीर्ष तहमा दबाब सिर्जना गरी आफू निकट सत्ता नेपालमा ल्याउने रणनीतिमा अघि बढेको जानकारहरु बताउँछन् ।
देशको भविष्य के हुने हो भनि चिन्ता जनमानस मा बढ्न थालेको छ । कम्युनिष्ट र कांग्रेसी विचारमा आउने गरेको टकरावले नेपालको मौलिकता , स्वाभिमान, संस्कृति, रहन सहन इत्यादि लाई निकै हदसम्म प्रभाव पारिरहेको छ ।



